शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मुलुकलाई समाजवादी आर्थिक रुपान्तरणको बाटोमा लैजान्छौंः गुरुङ

आइतबार, ०२ पुस २०७४, ११ : ५८
आइतबार, ०२ पुस २०७४

 लमजुङ– लमजुङबाट प्रतिनिधि सभा सदस्यमा विजयी उम्मेद्वार देव गुरुङले शुशासन र राज्यको काममा सहज रुपमा लाग्न निजामति कर्मचारीहरुलाई आग्रह गरेका छन् । 
आईबतार नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति लमजुङले संयुक्त रुपमा गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा गुरुङले सो कुरा बताएका हुन् ।
 

‘निजामति कर्मचारी जनताको सेवक हो, सेवककै हैसियतले छिटोछरितो जनताको सेवा गरी दायित्व पूरा गर्नुपर्छ’ गुरुङले बताए ।

उनले कर्मचारीले जनताका माझमा पारदर्शी रुपमा काम गरि राज्यको ढुकुटीको रक्षा गर्दै जनतालाई राजनीतिक परिवर्तनको पत्याभूति गराउनुपर्ने बताए ।

‘जनताको जनादेशलाई आत्मसात गर्दै हामीले राखेका प्रतिवद्धताहरु पुरा गर्दै अघि बढ्ने छौं’ गुरुङले भने, ‘यो जनादेश वाम एकताको हो । वाम एकताले मुलुक लालकिल्ला भएको छ । अबको पाँच वर्षपछि लालकिल्ला मात्र हैन, मुलुकलाई समाजवादी आर्थिक रुपान्तरणको बाटोमा लैजानेछौं ।’ 

प्रदेश सभा ‘क’ बाट विजयी नेकपा एमाले लमजुङका अध्यक्ष धनन्ञ्जय दवाडीले जनताबाट पाएको विश्वासको उच्च मुल्याङ्कन गर्दै आफुहरुले गरेका वाचाहरु पुरा गर्ने बताए । कामकै लागि नेताको सिरानी जनताले हाल्न नपर्ने भन्दै उनले जनताको भावना अनुरुप काम गर्ने प्रतिवद्धता जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप