राष्ट्र बैंकले पेन्सन कोषको २४ करोड ब्याजमा लगानी गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । २०८१ जेठ ४ गतेदेखि २०८२ जेठ ४ गतेसम्म कूल ३६६ दिनका लागि राष्ट्र बैंकले २४ करोड रुपैयाँ विभिन्न बैंकमा निक्षेप राख्ने भएको हो ।
राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै बैंक कता वित्त कम्पनीहरूलाई दरखास्त आह्वान गरेको छ ।
बैंकको सूचनाअनुसार कूल निक्षेपमध्ये वाणिज्य बैंकहरुका लागि १९ करोड रुपैयाँ छुट्टाइएको छ भने विकास बैंकहरुका लागि ३ करोड ६० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीका लागि १ करोड २० लाख रुपैयाँ छुट्ट्याइएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले वैशाख २४ गते बेलुका ७ बजेसम्म उचित ब्याजदर प्रस्ताव गरी दरखास्त आह्वान गर्न सक्नेछन् ।
तथापि, निक्षेप चाहने बैंक तथा वित्त कम्पनीले तोकिएको न्यूनतम पुँजी कोष कायम गरेको हुनुपर्नेछ भने निष्क्रिय कर्जा (एनपीएल) कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्ने बैंकले सर्त राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण