आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

यूएस ओपनमा नाडाल स्तब्ध

मङ्गलबार, २१ भदौ २०७९, १२ : ५३
मङ्गलबार, २१ भदौ २०७९

सन् २०२२ को ग्राण्ड स्लाममा राफायल नाडाल पहिलोपटक पराजित भएका छन् । यूएस ओपनको चौथो चरणमा नाडाल फ्रान्सेस टियाफोसँग स्तब्ध बनेका हुन् ।

अमेरिकी खेलाडी टियाफोले घरेलु दर्शकसामु चार पटकको विजेता नाडाललाई ६–४, ४–६, ६–४ र ६–३ ले पराजित गरे । योसँगै कीर्तिमानी २३ औँ एकल मेजर उपाधि जित्ने स्पेनिस खेलाडीको सपनामा पूर्णविराम लागेको छ । 

अब टयाफोले सेमिफाइनलमा स्थान बनाउनका लागि रुसका आन्द्रे रुबलेभको सामना गर्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप