सप्तरीमा समानुपातिकमा राजपा पहिलो, काँग्रेस दोस्रो
सप्तरी– सप्तरी जिल्लामा हालै सम्पन्न मतगणनाअनुसार समानुपातिकतर्फ राजपा पार्टी पहिलो र नेपाली काँग्रेसले दोस्रो स्थानमा प्राप्त गरेको छ । जिल्ला मुख्य निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार जिल्लामा प्रतिनिधि र प्रदेशसभा दुबैतर्फ राष्ट्रिय जनता पार्टी नेपाल पहिलो पार्टी बनेको छ ।
राजपाले प्रतिनिधिसभातर्फ ४७ हजार ५९९ र प्रदेशसभातर्फ ४२ हजार ६०० मत प्राप्त गरेका छन् । यस्तै नेपाली काँग्रेस दोस्रो दल बनेको छ । काँग्रेसले प्रतिनिधिसभातर्फ ४५ हजार ३०१ र प्रदेशसभातर्फ ३८ हजार ७ सय ३३ मत प्राप्त गरेको बताइएको छ ।
संघीय समाजवादी फोरम नेपाल भने प्रतिनिधिसभातर्फ ३२ हजार ४ सय ९० र प्रदेशसभातर्फ ३० हजार २३८ मत प्राप्त गरी संघीय फोरम तेस्रो दल बनेको छ ।
त्यस्तै प्रतिनिधिसभातर्फ ३० हजार ५२५ मत प्राप्त गरी नेकपा (एमाले) चौथो पार्टी बनेको छ । प्रदेशसभातर्फ २८ हजार ९० मत प्राप्त गरेका छन् ।
यसैगरी नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभातर्फ १८ हजार ८ सय २० र प्रदेशसभातर्फ १६ हजार ५७ मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै नयाँ शक्ति पार्टीले दुई हजार ७१९ र राप्रपा (प्रजातान्त्रिक)ले दुई हजार १९७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार