‘छोरीको जन्म भयो ? फारम भर्नुस्’
मधेस प्रदेश सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत नवजात छोरीहरुको अनलाईन फारम भर्न मुख्यमन्त्री लालबाबु राउतले अपिल गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ कार्यक्रम अन्तर्गत छोरी बिमा कार्यक्रम सञ्चालन गरिएको जनाएको हो ।
२०७८ माघ १ गते यता जन्मेका छोरीहरुको अनलाइनबाट शिक्षा विकास निर्देशनालय जनकपुरधामको वेबसाइटमा सूचना तथा निर्देशन अनुसार फारम भर्ने काम भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको हो । कार्यालयका अनुसार अभियानलाई प्रभावकारी बनाउन मधेस प्रदेशका आठ वटै जिल्लामा संयोजक तोकिएको छ । यसै अभियान अन्तर्गत सामुदायिक विद्यालयमा आठ कक्षा पढ्ने छात्राहरुलाई साइकल वितरण कार्यक्रम थालिएको थियो । उक्त कार्यक्रममा आर्थिक हिनामिना भएको आरोप लागेपछि केही दिनसम्म अभियान सुस्ताएको थियो ।
सरकारको कार्यकाल अन्त्य हुनै लाग्दा अभियानले फेरि गति लिन थालेको छ । मुख्यमन्त्री राउतले सूचना मार्फत् प्रदेशवासीलाई अपिल गर्दै भनेका छन्, ‘छोरी सुरक्षाका लागि छोरी बिमा गराउनुहोस् । छोरीको बिमा गराउन अनलाइन फारम भर्नुहोस् ।’ यो फारम जुनसुकै स्थानबाट भर्न सकिने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
-
पूर्व कर्मचारीहरुसँग देउवाले भने– कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस्
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी