दुर्घटना भएको मोटरसाइकलमा एक किलो गाँजा फेला
शुक्रबार, ०९ मङ्सिर २०७९, १५ : २८
झापामा एक युवक १ केजी ५ सय ग्राम गाँजासहित पक्राउ परेका छन् । झापा गाउँपालिका–६ बस्ने २८ वर्षीय वीरेन्द्र श्रेष्ठलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
कनकाई नगरपालिका(१ स्थित सडकमा मे.११ प २००३ नम्बरको मोटरसाइकल र प्र. १. ०१–०१३ प १६८६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले प्र–१–०१(०१३ प १६८६ नम्बरको मोटरसाइकललाई शंका लागी चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा लुकाई प्लाष्टिकको झोलामा ल्याएको उक्त परिमाणको गाँजा फेला पारी उक्त मोटरसाइकलका चालक वीरेन्द्रलाई पक्राउ गरेको थियो ।
दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार २ जनालाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार