शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

रुपन्देही– २ मा एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

शुक्रबार, ०९ मङ्सिर २०७९, २१ : १५
शुक्रबार, ०९ मङ्सिर २०७९

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन् । पौडेल २७ हजार १ सय ४७ मत ल्याई विजयी भएका हुन् । पौडेल  राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १ हजार ३ सय ६६ मतले पछाडि पार्दै निर्वाचित भएका हुन् । यद्यपि, निर्वाचन आयोगले यसको औपचारिक घोषणा भने  गरेको छैन ।

स्वतन्त्रका पौडेलले भने २५ हजार ७ सय ८१ र राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापाले २१ हजार ९ सय ८६ मत ल्याएका छन् । उक्त निर्वाचन क्षेत्रमा ८१ हजार २ सय २ मत खसेको थियो । यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका राजीव गुरुङको उम्मेदवारी दर्ता भएपछि गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गरेको थियो । पौडेलको यो निर्वाचन क्षेत्रमा चौथो जीत हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप