अवैध हातहतियार र विस्फोटक पदार्थसहित ताप्लेजुङमा एक जना पक्राउ

ताप्लेजुङका हातहतियार र विस्फोटक पदार्थसहित एक व्यक्ति पक्राउ गरेका छन् । मिक्वाखोला गाउँपालिका वडा नं ४ बस्ने हंसराज लिम्बुका छोरा नवीन कुमार नाल्बोलाई प्रहरीले पक्राउ गरिएको हो ।
उनीमाथि आफ्नै भाइ शुक्रराज नाल्बो लिम्बुको भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या प्रयासको आरोप छ । प्रहरी निरीक्षक सञ्जय बुचाको कमान्डमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी अपराधसँग सम्बन्धित प्रमाण सङ्कलन गर्ने क्रममा उनको घरमा खानतलासी गर्दा भरुवा बन्दुक नाल एक थान, बारुदको कालो धुलो पदार्थ प्लास्टिकको पोको एक थान, सेतो बट्टामा समेत बारुद रहेको एक थान, भरुवा बन्दुकमा लोड गर्न प्रयोग गर्ने गोली (फलामका छर्रा) ६ ओटा, फलाम काट्न प्रयोग गर्ने औजार एक थान, दापसहितको खुकुरी एक थान, भरुवा बन्दुकको बट जस्तो देखिने काठको बस्तु एक थान, रडको टुक्रा दुई थान बरामद गरेको छ ।
उनीमाथि अवैध हातहतियार प्रयोगको कारण फौजदारी मुद्दा अन्तर्गत कर्तव्य ज्यान तथा हातहतियार खरखजना मुद्दा चलाउने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका
-
प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव : घुमिफिरी रुम्जाटार
-
सरकारलाई खर्च जुटाउनै मुस्किल : अघिल्लो वर्षको १ खर्ब ८२ अर्बको टेको
-
संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने विषयमा सत्तारुढ दलबीचमै मत बाझियो
-
कांग्रेस दुई दर्जन केन्द्रीय सदस्यबीच छलफल, देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय
-
माओवादी पदाधिकारी बैठक : गृहमन्त्री माओवादीको हुनुपर्नेमा नेताहरुको जोड