रामेछापमा कांग्रेसका कान्छाराम निर्वाचित
आइतबार, ११ मङ्सिर २०७९, ०७ : २२
रामेछापबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् । तामाङले नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गरेका हुन् ।
कांग्रेस रामेछापको जिल्ला सभापति तामाङले ४७ हजार ९८ मत पाउँदा ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरे । २०७० मा कांग्रेसको समानुपातिक उमेदवारको बन्दसूचीमा परेका थिए । विजयी तामाङ २०७४ को प्रतिनिधिसभामा रामेछापबाट पराजित भएका थिए ।