शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

उदयपुरमा प्रदेशसभाको मत प्रतिनिधिसभाको ढ्वाङमा भेटिएपछि गणना अवरुद्ध

आइतबार, ११ मङ्सिर २०७९, १० : ५८
आइतबार, ११ मङ्सिर २०७९

उदयपुर निर्वाचन क्षेत्र नम्बर १ को जारी मत गणनामा प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाको मत भेटिएपछि मतगणना अवरुद्ध भएको छ ।  मत गणनाका क्रममा खोलिएका १० वटा प्रतिनिधि सभातर्फका मतपेटिकामा प्रदेश सभाको मत भेटिएपछि छलफलका लागि गणना रोकिएको प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले रातोपाटीलाई बताए ।

‘सानो समस्या आयो । प्रतिनिधिसभाको मत पेटिकामा प्रदेश सभाको मत पाइएपछि छलफलका लागि गणना स्थगित गरिएको हो । सर्वदलीय छलफल सकेर पुन गणना सुरु हुन्छ’ निर्वाचन अधिकृत सुवेदीले बताए । 

सुवेदीका अनुसार ७६ हजार ७५६ मत खसेको यो क्षेत्रमा ६३ हजार ८० मत गणना भइसकेको छ । यो क्षेत्रमा कांग्रेसका नारायण खड्का र एमालेकी मञ्जुकुमारी चौधरीबीच प्रतिस्पर्धा छ । अहिलेसम्म खड्काले २७ हजार ४८४ मत प्राप्त गरेका छन् भने एमालेकी मन्जुकुमारी चौधरीले २५ हजार ६५९ मत प्राप्त गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप