पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय नागरिक पक्राउ
अटोवा । क्यानडा प्रहरीले सिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्याको आरोपमा तीन भारतीय नागरिकलाई पक्राउ गरेको दाबी गरेको छ । निज्जर हत्या प्रकरणपछि भारत र क्यानडाबिच ठुलो कूटनीतिक विवाद उत्पन्न भएको थियो ।
गत वर्ष जुनमा क्यानडाको भ्यानकुभर नजिकै बन्दुकधारीले ४५ वर्षीय हरदीप सिंह निज्जरको गोली हानी हत्या गरेका थिए । त्यसपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यो हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएका थिए र आफूसँग यसका लागि भरपर्दो प्रमाण रहेको पनि बताएका थिए । तर, भारतले यी आरोप अस्वीकार गर्दै आएको छ ।
पक्राउ पर्नेमा २२ वर्षीय करण बरार, २२ वर्षीय कमल प्रीत सिंह र २८ वर्षीय करण प्रीत सिंह रहेको शुक्रबार प्रहरी अधिकारी मनदीप मुकरले जानकारी दिए । तीनै जना अल्बर्टाको एडमन्टनमा बस्दै आएका थिए, जहाँबाट उनीहरूलाई प्रहरीले पक्राउ गरिएको उनले बताए ।
अदालतको अभिलेख अनुसार तीनै जनालाई हत्या र हत्याको षड्यन्त्र गरेको आरोप लगाइएको छ । प्रहरीका अनुसार पक्राउ परेका सबै विगत तीनदेखि पाँच वर्षदेखि क्यानडामा बस्दै आएका थिए । प्रहरीले अनुसन्धान जारी रहेको र उनीहरूको ‘भारत सरकारसँगको सम्बन्ध’ पनि खोजी भइरहेको बताएको छ । -बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा चार खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात, डिजेलमा सबैभन्दा धेरै रकम बाहिरियो
-
इलाम नगरलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्न सरकारसमक्ष सिफारिस
-
शैक्षिक परामर्श व्यावसायी र शिक्षा मन्त्रीबिच छलफल सकियो
-
गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा
-
कांग्रेसले घोषणा गर्यो ‘एनसी फर एनसी’ अभियान
-
प्रधानमन्त्रीलाई कालो चस्मा र वस्त्र लगाउन छुट छ, काला कर्तुत गर्न छुट छैन : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण