बाटो
कुनै दिन भयङ्कर पिएको बेला
आधा होस् गुमाएर
आधा होस् सम्हालेर
ढुलमुल ढुलमुल
पश्चात्तापको बाटो
तिम्रो दैलोसामु आइपुग्ने मन छ
र छिमेकीले छ्याङ्गै सुन्ने गरी
तिमीलाई केही बताउने मन छ
तिमी ठुलो पत्थर हौ
धन्न मेरो शिर ठोक्किएन
र बच्यो मेरो शिर
म तिमीलाई टोपी बनाउन चाहन्थेँ
तिमी पत्थरै पत्थर रहेछौ
धन्न ठेस लागेर लडिनँ
र बच्यो मेरो छाती
म तिमीलाई मुटु बनाउन चाहन्थेँ
साँच्चै भन्ने हो भने....
तिमी मूर्ति बन्न नि लायक रहिनछौ
म तिमीलाई ईश्वर बनाउन चाहन्थेँ
मेरो घरको तीन चुल्होको
गौरव बनाउन चाहन्थेँ
यत्ति भनी राखेर
ढुलमुल ढुलमुल
सन्तुष्टिको बाटो
आफ्नै घरतिर फर्कने मन छ
र भोलीदेखि फेरि खोज्ने मन छ
माया भएको मान्छे
मेरो प्रेम बुझ्ने मान्छे
र हिँड्न मन छ फेरि यौटा
नयाँ बाटो
'सम्झनाको फोटोकपी' बाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण