बाटो

कुनै दिन भयङ्कर पिएको बेला
आधा होस् गुमाएर
आधा होस् सम्हालेर
ढुलमुल ढुलमुल
पश्चात्तापको बाटो
तिम्रो दैलोसामु आइपुग्ने मन छ
र छिमेकीले छ्याङ्गै सुन्ने गरी
तिमीलाई केही बताउने मन छ
तिमी ठुलो पत्थर हौ
धन्न मेरो शिर ठोक्किएन
र बच्यो मेरो शिर
म तिमीलाई टोपी बनाउन चाहन्थेँ
तिमी पत्थरै पत्थर रहेछौ
धन्न ठेस लागेर लडिनँ
र बच्यो मेरो छाती
म तिमीलाई मुटु बनाउन चाहन्थेँ
साँच्चै भन्ने हो भने....
तिमी मूर्ति बन्न नि लायक रहिनछौ
म तिमीलाई ईश्वर बनाउन चाहन्थेँ
मेरो घरको तीन चुल्होको
गौरव बनाउन चाहन्थेँ
यत्ति भनी राखेर
ढुलमुल ढुलमुल
सन्तुष्टिको बाटो
आफ्नै घरतिर फर्कने मन छ
र भोलीदेखि फेरि खोज्ने मन छ
माया भएको मान्छे
मेरो प्रेम बुझ्ने मान्छे
र हिँड्न मन छ फेरि यौटा
नयाँ बाटो
'सम्झनाको फोटोकपी' बाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.अमरेश सिंहले मागे कानुन मन्त्रीको कल डिटेल्स, सुशीलाले जनाइन् नियमापत्ति
-
सार्वजनिक ऋणको हिस्सा जीडीपीको ४३ दशमलव ४७ प्रतिशत पुग्यो
-
सरकारलाई अल्टिमेटमसहित खुले सुनचाँदी पसल, तस्बिरहरू
-
बिग बास लिगमा कुनै पनि नेपाली खेलाडीको बोली लागेन
-
ज्योति भण्डारीविरुद्ध नागरिकता र पासपोर्ट किर्ते कसुरमा पनि अनुसन्धान
-
पोखराका ७४ प्रतिशत योजना ५ लाख मुनिका, ३ सय योजनाको कामै भएन