दोस्रो वरीयताको बेल्जियम मोरक्कोसँग पराजित
आइतबार, ११ मंसिर २०७९, २० : ४५

विश्वकप फुटबल अन्तर्गत आफ्नो दोस्रो खेलमा मोरोक्कोले बेल्जियममाथि जित निकालेको छ । आइतबार भएको खेलमा मोरक्कोले फिफा वरीयतामा दोस्रो स्थानमा रहेको बेल्जियमलाई २-० गोल अन्तरले हराएको हो ।
मोरक्कोलाई जित दिलाउन अदेल हामिद साबारी र अबुखेलाले एक-एक गोल गरे । खेलको ७३ औं मिनेटमा साबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाए । खेलको इन्जुरी समयमा अबुखेलाले गोल गर्दै मोरोक्कोको जीत सुनिश्चित गरे ।
जीतसँगै मोरक्को ४ अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ । ३ अंकसहित बेल्जियम दोस्रो स्थानमा छ । आज नै अर्को खेलमा क्रोएसिया र क्यानडा भिड्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानबाट लागु औषधसहित ५ जना पक्राउ
-
टीकापुर विमानस्थल सञ्चालन अन्योलमा
-
पत्रकारहरुको सुरक्षाका लागि विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
-
एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएको छ : महासचिव पोखरेल
-
सल्यानमा प्रभावकारी बन्दै एमालेको ‘मिसन ग्रासरुट’
-
कालिन्चोक दर्शन र एसियन हाइड्रोपावरको सेयर कारोबार खुला