शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अडानको केन्द्रीय कार्य समितिको बैठक सम्पन्न, २० बुँदे विशेष प्रस्ताव जारी

शनिबार, १७ मङ्सिर २०७९, १३ : ०३
शनिबार, १७ मङ्सिर २०७९

नेपाल अडिटर्स एसोसिएसन (अडान) को छैटौँ राष्ट्रिय महाधिवेशन पछिको दोस्रो केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ । अडानले अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षतामा कार्यसमिति बैठक सम्पन्न गरेको हो ।

बैठकमा कोषाध्यक्ष बलराम चौधरी र महासचिव प्रेमवहादुर श्रेष्ठले पेस गरेका थिए । बैठकमा देशभरबाट आएका केन्द्रीय पदाधिकारी एवम् सदस्यहरूले आ–आफ्नो क्षेत्रका पेशागत मुद्दा एवं गतिविधिका सन्दर्भमा प्रकाश पारेका थिए । बैठकमा स्वागत, विषय प्रवेश मन्तव्य अध्यक्ष केदार नाथ पौडेलले र उपस्थित सबैमा प्रथम उपाध्यक्ष डोलप्रसाद दाहालले धन्यवाद ज्ञापन गरेका थिए ।

अडानलाई अझ सशक्त क्रियाशील, पेशागत नमूना संगठन बनाउन केन्द्रबाट सम्बन्धित प्रदेशको उपाध्यक्षको संयोजकत्वमा कार्य विभाजन गरि जिम्मेवारी समेत तोकेको छ । बैठकमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थासँग सम्झौता भई कार्यान्वयन नभएका मुद्दाहरू चाँडो सम्बोधन गर्न,सूचीकृतका सम्बन्धमा उठेका समस्याहरूको दिर्घकालीन हल गर्ने लगायतका विषय उठेका थिए ।

बैठकले निम्नानुसारका २० बुँदे विशेष प्रस्ताव पारित गर्दै लेखापरीक्षकहरुका जल्दाबल्दा विषयमा ध्यान दिई समस्या समाधानका लागि राज्य र सम्बन्धित सबैमा ध्यानाकर्षण समेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप