आईसीसी विश्वकप लिग टु : आज नेपालले स्कटल्याण्डको सामना गर्ने
आइतबार, १८ मंसिर २०७९, ०८ : २८

आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज दोस्रो खेलमा स्कटल्याण्डको सामना गर्दैछ । नेपाल र स्कटल्याण्ड बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु हुनेछ।
यस सिरिजमा दुवै देश दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको थियो । नेपालले भने आफ्नो पहिलो खेल वर्षाले प्रभावित बनेपछि घरेलु टोलीसँग अंक बाँडेको थियो ।
यस सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ । नेपाल र स्कटल्याण्डले एकआपसमा दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । एक खेलमा नेपाल तथा एकमा स्कटल्याण्ड विजेता बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि ओखलढुङ्गालाई
-
गन्तव्य राष्ट्रको सूचीमा नेपाललाई समावेश गर्न चीनसँग आग्रह
-
क्याम्पस प्रमुख बरालमाथि अपराधिक समूहद्वारा जबर्जस्ती गरियो : अखिल क्रान्तिकारी
-
गृहबाहेकको मन्त्रालय लिन रास्वपालाई प्रस्ताव, निर्णय लिन बैठक आह्वान
-
सहमति नभए बहुमतबाटै प्रदेशको नामाकरण : मुख्यमन्त्री कार्की
-
पुरानो बानेश्वरमा ७ वर्षीया बालिकाको हत्यापछि बाबुद्वारा आत्महत्या