माओवादीले भन्यो– गठबन्धनको विकल्पमा पार्टीले सोचिसकेको छैन
नेकपा माओवादी केन्द्रले हाल कायम रहेको सत्ता गठबन्धनकै सरकार बनाउन पार्टीको प्राथमिकता रहने बताएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले पार्टीले हाल कायम रहेको गठबन्धनको विकल्प खोजिनसकेको स्पष्ट पारे । पार्टी पदाधिकारीको आइतबार सम्पन्न बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गुरुङले पार्टीको बैठकमा सरकारको बारेमा उल्लेखनीय रुपमा विषय प्रवेश नै नगरेको दाबी गरे ।
पार्टीको पदाधिकारी बैठकमा चुनावकै विषयमा छलफल केन्द्रित भएको पनि उनले जिकिर गरे । ‘सरकारका विषयमा छलफल प्रवेश भएको छैन । माओवादीसहितको गठबन्धन भएकाले पहिला गठबन्धन घटकहरुबीच कुराकानी हुने कुरा भयो’, उनले भने, ‘छिट्टै गठबन्धनको बैठक बसेर अघि बढिन्छ ।’
उनले समग्र चुनावी समीक्षा र सरकार निर्माणका सवालमा सत्ता गठबन्धनको बैठक सोमबार बोलाइएको पनि बताए । उनले माओवादीले गठबन्धनको विकल्प खोज्ने भनेर शनिबार सञ्चारमाध्यममा आएको भएपनि त्यस्तो अवस्था आइनसकेको बताए ।
‘हिजो कताबाट आयो, त्यो अर्को कुरा हो तरपनि सरकार गठन बारेमा विकल्पहरूमा छलफल सुरु भएकै छैन’, उनले भने, ‘पहिलो कुरा त गठबन्धनमै रहेर छलफल गर्ने कुरा भयो । गठबन्धनमा असहमति पैदा भएको अवस्था होइन ।’ उनले केही कमीकमजोरीका बीच गठबन्धन मूलभूत रुपमा सफल भएको पनि बैठकले निष्कर्ष निकालेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार