क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश
बुधबार, २८ मङ्सिर २०७९, ०२ : ४०
क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान कतारको लुसाइल रंगशालामा सम्पन्न खेलमा अर्जेन्टिना क्रोएसियालाई ३–० ले पराजित गर्दै विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।
अर्जेन्टिनाको जितमा कप्तान मियोनेल मेस्सीले खेलको ३४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे भने जुलियनले ३९ र ६९ औं मिनेटमा गोल गरे ।
हारसँगै अघिल्लो संस्करणको उपविजेता क्रोएसियाको यो पटक विश्वकप जित्ने सपना चकनाचुर बनेको छ । क्रोएसियाले अब तेस्रो स्थानका लागि फ्रान्स र मोरोक्कोबीचको पराजित टोलीसँग प्ले अफ खेल्नेछ । यस्तै अर्जेन्टिनाले भने फ्रान्स र मोरोक्कोबीचको विजेतासँग फाइनल खेल्नेछ । फाइनल खेल आइतबार राति हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खडेरीले बाराकाे दक्षिणी भागमा रोपाइँ भएन
-
इंग्ल्यान्डसँगको मैत्रीपूर्ण खेल खेल्न नेपाली फुटबल टोली लण्डनमा
-
'जिम्मेवार र मर्यादित पत्रकारिताले मात्र समाजलाई सही गन्तव्य हिँडाउन सहयोग पुर्याउँछ'
-
एकीकृत समाजवादीको चितवन अध्यक्षमा कन्दङ्गवा
-
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा प्रभातफेरी (तस्बिरहरु)
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै