शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जसले स्पेनलाई विश्वकप जिताएका थिए

शनिबार, ०२ पुस २०७९, १४ : ०८
शनिबार, ०२ पुस २०७९

विश्व फुटबलमा चर्चामा आउने डिफेन्सीफ मिडफिल्डर मध्यका एक हुन् सर्जियो बुस्केट । बुस्केटले क्लब र देशका लागि जित्न बाँकी उपाधि कमै छ । सन् २००९ बाट स्पेनको राष्ट्रिय टोलीबाट खेल्न लागेका बुस्केटले विश्वकपबाट बाहिरिएसँगै सन्यास घोषणा गरेका छन् । बार्सिलोनाका स्टार बुस्केटले देशका लागि १४३ खेल खेल्दै थुप्रै उपाधि जिताएका छन् ।

सन् २०१० को विश्वकपसँगै सन् २०१२ को युरोकप उपाधि जिताएका उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । कतार विश्वकपमा उनले कप्तानको भूमिका निभाएका थिए । स्पेनले प्रि–क्वाटरफाइनलमा स्थान बनाउनुमा उनको महत्वपूर्ण योगदान छ । विश्वकप उपाधि जितेर सन्यास लिने योजना बनाएका उनले यो विश्वकपमा भने आफूले सोचे अनुरूप हुन सकेन ।

३४ वर्षीय खेलाडी बुस्केटले आफूले  १५ वर्षसम्म राष्ट्रिय टोलीमा बिताएको बताउँदै सामाजिक सञ्जालमार्फत सबैलाई धन्यवाद दिएका छन् । ‘मैले १५ वर्ष लामो अन्तर्राष्ट्रिय खेल जीवनलाई टुङ्गयाउने निर्णयमा गरेको छु । यो मेरो लामो यात्रामा साथ दिने सहकार्मी खेलाडी, अफिसियल, स्टाफ, समर्थक र परिवारलाई धन्यवाद दिन चाहन्छु,’ बुस्केटले लेखेका छन् ।

बुस्केटले बार्सिलोनाबाट व्यवसायी फुटबल खेल्दै आएका छन् । उनले नयाँ क्लबको विषयमा समेत अर्को महिना निर्णय गर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप