बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेतृत्वलाई सम्मानसहित परिवर्तन गर्न चाहन्छौँ (चन्द्र भण्डारीको अन्तर्वार्ता)

मङ्गलबार, १८ पुस २०७४, १६ : ०४
मङ्गलबार, १८ पुस २०७४

संविधान सभाको दोश्रो निर्वाचनमा गुल्मी क्षेत्र नम्बर एकबाट विजयी भएका काँग्रेसका नेता चन्द्र भण्डारी यस पटकको निर्वाचनमा पुरानै प्रतिद्वन्द्वीसँग पराजित हुन पुगे । अहिले उनले काँग्रेस पराजयका लागि नेतृत्वको कार्यशैली जिम्मेवार रहेको ठान्दै आवाज उठाइरहेका छन् ।

युवा पुस्ताका नेताहरुको संयोजनकारी भूमिकामा देखिएका भण्डारीसहितका नेताले केन्द्रीय कार्यसमिति र महासमिति बैठकको लागि दबाब दिइरहेको छन् । काँग्रेस पराजय र उनको नेतृत्वमा रहेका युवा समूहको अबको भूमिकाको विषयमा भण्डारीसँग लिलु डुम्रेले गरेको कुराकानी ।

काँग्रेसको पराजयलाई दलभित्रैबाट दुई दृष्टिकोणले हेरिएको छ, एक पक्ष बामगठबन्धन र अन्तर्घातलाई कारण देखाएका छन् । तपाईंं लगायत कतिपयले त्यसलाई मान्न तयार हुनुहुन्न, किन?
नेपाली काँग्रेसले नेपालको इतिहासमा राष्ट्र र जनतालाई संकट पर्दा निकास दिएको छ । चाहे ००७ रैतिबाट नेपाली जनतालाई मुक्त गर्दा होस् । चाहे शसस्त्र दन्द्धले नेपाल आक्रान्त भएको बेला होस् ।  संविधान नबनेर संविधान चौघेरामा अल्झेको बेला होस वा संविधान कार्यान्वयनको बेला होस् । नेपाली काँग्रेसले एउटा नेतृत्व लिएको छ ।

यति धेरै काम गरेको नेपाली काँग्रेस जसले सबै दललाई सँगै लिएर हिड्ने र सबैलाई मिलाएर संविधान बनाउने पार्टी पछि पर्नुको कारण के हो ? कहाँ चुक्यो ? त्यसपछि हामीले दुई तीननवटा कुराहरु निकाल्यौं । एउटा आन्तरिक संगठन र व्यवस्थापन कमि देखियो । दोश्रो चाहिँ अन्तराष्ट्रिय परिस्थिती पनि नेपाली काँग्रेसले बुभm्न सकेन । तेश्रो चाहिँ आइडोलोजी रिफर्म गर्नुपर्ने देखियो । यी तीनवटा विषयका लागि समय अनुकुलको नेतृत्व पनि आवश्यकता पर्यो ।

वर्तमान नेतृत्वले किन सकेन त ? वर्तमान नेतृत्व आफ्नो जमानामा सीमित भयो । यो नेतृत्वले आफ्नो जवानी पनि दियो । जेल पनि बस्यो । र, अहिले संविधान कार्यान्वयनको पक्षमा भूमिका पनि खेल्यो । नगरेको होइन । तर, वर्तमानमा जन्मिएका नयाँ चुनौति, नयाँ विचारलाई नेतृत्व दिने कुरामा कमजोरी देखियो । दार्शनिक रुपमा नेपालमा लेफ्ट फोर्स पनि छ । कम्युनिष्टहरु दुनियाँमा असफल हुने तर, नेपालमा सफल भएकोले केही कमजोरी त छ । यसमा नेतृत्वको कमजोरी देखियो । यो कुनै व्यक्ति प्रति वा कुनै समुहप्रति लक्षित होईन । यो हाम्रो विश्लेषण हो । हामी हार्यौँ नि । त्यसकारण हारेको जिम्मेवारी नेतृत्वले लिनुपर्यो ।

तपाईंंहरु निर्वाचनको समीक्षाका लागि केन्द्रीय कार्यसमिति र महासमिति बैठकको माग गर्नुभएको छ । तर, सभापति देउवाले उच्च स्तरीय छानविन समिति गठन गर्ने भन्नुभएको छ । कुरा त मिलने ?
उहाँ एक असल नेता हो । संविधानको कार्यान्वयनदेखि संकटबाट निकाल्ने काम शेरबहादुर देउवाले गर्नु भएको छ । उहाँको विश्लेषण र चिन्तनलाई दोष छैन । उहाँको उमेर पनि भयो नि । त्यसकारण उहाँले के बुझ्नुपर्छ भने अहिले विश्वमा विशेष गरि दुई तीन विषय चर्चामा छन् । एउटा कन्जरभेटिभ नेस्नालिज्म भनिन्छ । हामी ग्लोबल भिलेजको कुरा गरिरहेका छौँ । देशबाट वाहिर गएपछि युवाहरु सुपरनेस्नालिस्ट हुन्छन् । त्यसलाई हामीले सम्वोधन गर्न सकेनौँ । अर्को कुरा नाकाबन्दी गरेको बेलामा सबै नागरिकको पक्षबाट हामी भिड्न सकेनौँ । आफ्नो संगठन सुदृढ गर्न सकेनौँ । यो कुरा आसेपासेमा लागेका व्यक्तिले गर्न सक्दैनन् । समानुपातिक प्रणाली ल्याइएको छ । तर, समान न्याय गर्न सकिएन । एउटै व्यक्तिलाई दुई ÷ तिन पटक अवसर दिने कार्य भए । सबैभन्दा बढि महिला हारे । ती महिलाहरुलाई हामीले समान अधिकार दिन सकेनौँ । यी विभिन्न कारणले हामी हारेका हौँ । हारलाई अन्तर्घातले भन्ने कुरा गर्न पाइएन ।

काँग्रेसको पराजयलाई उहाँहरुले डाइग्नोसिस गर्न सक्नुभएन । उहाँ डाइग्नोसिस गर्नसक्ने सर्जन होईन । उहाँको समयमा चुनौती फरक थिए । अहिले चुनौती फरक छन् । सरकार चाहिएर सरकार बनाएपछि पपुलिष्ट बजेट ल्याउनुपर्दैन ? यहि निरन्तरता बोक्नका लागि उहाँ किन चाहियो त ? एक जमनामा उहाँहरु एक राम्रो डाक्टर हुनुहुन्थ्यो । तर, उहाँहरुले बुझ्नुपर्छ कि नयाँ डाक्टरहरु आए । नयाँ रोगहरु आए । नयाँ रोगको निदानका लागि नयाँ डाक्टरको आवश्यकता पर्दछ । अहिलेको रोगहरुबारे उहाँहरुको पढाईं नै होइन । त्यसकारण अप्रेससन गर्नसक्नुहुन्न ।
 
समानुपातिक एमालेको हारहारी मत आएको भन्दै देउवा सन्तुष्ट देखिनुभएको छ । आफु हार्ने, दोष मलाइ दिने भन्दै देउवा तपार्इंहरु प्रती नै खनिनुभएको छ ?
उहाँको बोलीमा करेक्सन हुन्छ । समानुुपातीकमा बढि ल्याएका छौं भन्ने त खुत्रे कुरा हुन् । त्यो आत्मरती हो । बामगठबन्धनले नेपाली काँग्रेस हारेको म मान्न तयार छैन । पहिलो संविधानमा माओवादी पहिलो दल भयो । दोश्रोमा नेपाली काँग्रेस पहिलो पार्टी बन्यो । अहिले काँग्रेस फेरि तल परेको छ । यो संयोग हो । विचार र दृष्टिकोणले गर्ने हो । इमान्दारशिलताले गर्ने हो । पारदर्शितताले गर्ने हो । यसमा अल्झिनु फेरि पनि पराजित हुनु हो । यहि विश्लेषणमा अल्झिने हो भने त एक प्रकारको विरामीलाई फरक औषधी चलाउनु हो । त्यसले रोग अझ बल्झिन्छ ।
 
तपाईं निर्वाचन समीक्षाका लागि युवाहरुलाई संयोजन गर्दै दबाब दिदै आउनुभएको छ । तर नेतृत्वले सुनेको देखिदैन नि ?
विधान अनुसार चल्नुपर्यो । विधानमा काँग्रेसको बैठक बस्नुपर्छ । वर्षको एक पटक महासमितिको बैठक बस्नुपर्छ । विधानमा समयमा महाधिवेसन गर्नुपर्छ भनिएको छ । प्रजातन्त्रिक संस्कारमा देखाउनुपर्छ । ढिलासुस्ती गरेको देखिन्छ । ढिलासुस्ती गरे उहाँहरु आफै कोल्याप्स् हुनुहुन्छ । उहाँहरुको सामाजिक इज्जत नै सकिन्छ । त्यसकारण हामीले भनेका विषयहरु सुन्ने नसुन्ने होइन, प्रणाली राख्ने कि नराख्ने भन्ने हो । आचरणको विकास गर्ने कि नगर्ने भन्ने कुरा हो । वा आफ्नो सर्कल भन्दा बाहिर निस्कने ननिस्कने भन्ने हो । केही वरपर घुम्ने मुसा प्रवृत्तीका व्यक्तिले सल्लाह दिएका होलान् । जो चुनाव पनि लड्नु नपर्ने समानुपातिक खानेहरु हुन् । त्यसले देश र पार्टी बन्दैन । नेतृत्वलाई जिवन्त राख्न सक्दैन ।
 
पछिल्लो समय युवा पुस्ताले सभापतिलाई दबाब बढाँउदै लगेपछि भातृ संगठनमा देउवा नजिक रहेकाहरुले सभापतिको बचाउ गर्दै आउनुभएको छ । के भन्नुहुन्छ?
त्यति धेरै उहाँ कमजोर हुनुहुन्न । उहाँलाई संरक्षणको आवश्यकता नै छैन । उहाँ सुरक्षित हुनका लागि कसैलाई उचाल्नु पनि पर्दैन । हामी नेतृत्वलाई सम्मान सहित परिवर्तन गर्न चाहन्छौँ । सम्मान नै गरेर नयाँ डाइग्नोसिस गर्न चाहन्छौँ । उहाँको दृष्टिकोण र हाम्रो दृष्टिकोण अलि फरक छ ।

सामान्यतया निर्वाचनमा हार वा जित पछि समीक्षाका लागि केन्द्रीय समितिको बैठक बोलाइन्छ । नेपाली काँग्रेसको किन हुन सकेन?
–हामीले सम्मान गरेका नेता पावरले गर्दा यति दम्भ हुन्छन् भन्ने लागेको थिएन । त्यसकारण दम्भताको उपलब्धी हो यो । अरु केही होइन ।

तपाईंले संयोजन गरेको युवा नेताहरुको समुहले अब के गर्छ ?

भर्खरका चुनौती छन् । दोश्रो कुरा संविधान कार्यान्वयन गर्न पनि छ । हामीले संविधान कार्यान्वयनको साथसाथै कम्युनिष्ट गैर जिम्मेवार भए भने के गर्ने अर्को कार्य छ । ३४ वर्षको ज्योती वसुको कम्युनिष्ट शासन गयो । युरोपमा कम्युनिष्ट कोल्याप्स् नै भए । विकास गरे भने त राम्रो भयो । गरेनन् भने ?

विश्वको इतिहासमा कम्युनिष्ट जिम्मेवार भएको देखिएको छैन । एमाले पनि हिंसाबाट जन्मेको हो । माओवादी पनि हिंसाबाट आएको हो । केपीले ओलीले वीपीलाई राम्रो भन्नु भयो । वीपीलाई पाठशाला भन्नेहरुलाई सिकाउन सकेपनि काँग्रेसको लागि राम्रो हुन्छ । कसैलाई चेक गर्न पनि केही त चाहियो । त्यसकारण हामीले यो अभियान चलाएका हौँ । ।आफु पनि सुध्रिने ,अरुलाई पनि सुधार्ने हो । देशप्रतिको आशा र भरोसा पनि जगाउने र प्रतिपक्षमा बसेर गलत काम गर्न नदिने लक्ष्यका लागि हामीले यो अभियान शुरु गरेको हौं ।

बामगठबन्धनप्रति तपाईंको बुझाई के छ ? स्थिर सरकारको एजेण्डा लिएर निर्वाचनमा गए अनुसार देशले स्थिरता र विकास पाउने देख्नुहुन्छ ?
हरेक राम्रो मान्छे जिनबाट आउने हो । पहिले एक अर्कामा अत्यन्तै दुश्मनी गरेको बेला हो । प्रचण्डको अध्यक्षतामा बसेको बैठकले ओलीलाई उपचारको लागि राँची लानुपर्छ भनेकै हो । ओलीले प्रचण्डलाई भारतीय दलाल र लम्पसारवादी भनेका हुन् ।

यो गठबन्धन टिकाउ भयो भने त राम्रो भयो । टिकाउ भएन भने त नेपाल अन्यौलमा पर्छ नि । गरिबका छोराछोरी अरबै जानुपर्ने हुन्छ । कम्युनिष्ट प्रधानमन्त्री त भए तर संविधान बनेन । उहाँहरुको बोली र व्यवहारले हुँदैन । स्थिर हुनुपर्छ । उहाँहरुले रोपेको जरा खराब छ । उहाँहरुको असफलतामा हाम्रो सफलता देख्नुहुँदैन ।

पछिल्ला गतिविधिले बामगठबन्धनले स्थिर सरकार बनाउने देखिन्न । उहाँहरुको सर्कलमा करप्ट व्यक्ति छन् । एनजिओ चलाएर बसेका व्यक्ति छन् । प्रतिपक्ष पनि जिम्मेवार हुनुपर्दछ । बैमनस्यता बढाउँनुहँुदैन ।

तपाईं अघिल्लो पटक जित्नुभएको, अहिले त्यही स्थानमा पराजित हुनुभयो । हारमा वामगठबन्धन, अन्तर्घात वा आफ्नै कारण मान्नहुन्छ?
मैलै आफ्नो क्षेत्रमा धेरै कामहरु गरेको छु । ४२ वटा त पुल बन्दैछ । ७३ वटा सडक बनिरहेका छन् । ९३ वटा खानेपानी आयोजना सम्पन्न भएका छन् । सिंचाईको काम भएको छ । सिद्धबाबाको वैकल्पिक सडक हामीले बनाउँदै छौँ । एसियामा नभएको नमुना पुल बनेको छ । यो काम मैले संसदमा बोल्नका लागि पनि गरेको हँु । चाह्यौँ भने के गर्न सकिदैन भन्नका लागि पनि हो । नमुना जिल्ला बनाउन खोजेको थिएँ ।  

एमालेसँग  १५ हजार माओवादी केन्द्रको र तीन हजार जनमोर्चाका मत भयो । त्यसकारण हामीले पराजय भोग्न पर्यो । सबैले दिन्छन् भन्ने पनि त होइन नि । अब गुल्मी तीस वर्ष पछि पर्यो । मैले आफ्नो तलब पनि लिएको होइन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप