शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लियोनेल मेस्सी : गम्भीर रोगसँग जुधेका केटा कसरी विश्वका सबैभन्दा ठूला फुटबलर बने ?

आइतबार, ०३ पुस २०७९, ११ : २८
आइतबार, ०३ पुस २०७९

दक्षिण अमेरिकाको सबैभन्दा दक्षिणी हिस्सामा करिब ५ करोडको जनसंख्या भएको देश अर्जेन्टिना आज खुसीले झुमिरहेको छ । विश्वको सबैभन्दा धेरै हेरिने खेल फुटबल, त्यो खेलको महासंग्राम अर्थात् विश्व कपको आज अन्तिम खेल हुँदैछ । अर्जेन्टिनाका हरेक नागरिक एक व्यक्तिको समर्थनमा छ जसले आफ्नो सपनालाई पुनः बाँचेका छन्, जो विश्वम्भर त्यो देशको सबैभन्दा ठूलो पहिचान हो जसले टुटेको एक देशलाई नयाँ आशा दिए । नाम हो लियोनेल मेस्सी ।

अर्जेन्टिनाको इतिहासलाई हेर्ने हो भने यो देश सधैँ राजनीतिक र आर्थिक समस्यासँग जुधिरहेको छ । सन् १९८३ मा अर्जेन्टिनामा लोकतन्त्र आयो । त्यसअघि करिब ६ पटक सरकार बन्यो तर सैन्य कू भयो र सत्तालाई आफ्नो कब्जामा लियो । सन् १९८३ मा अर्जेन्टिनामा लोकतन्त्र आयो जुन अहिलेसम्म यथावत् रह्यो ।

सन् १९८३ पछि अर्जेन्टिना पुरानो घाउ बिर्सिएर अघि बढिरहेको थियो, त्यसको केही समयपछि २४ जून सन् १९८७ मा यहाँ एउटा बालकको जन्म भयो । रोजारियोको मध्यम वर्ग परिवारमा जन्मिएका लियोनेल एन्ड्रेस मेस्सी अर्थात् लियोनेल मेस्सी । जसलाई विश्वले हालको समयमा सबैभन्दा उत्कृष्ट फुटबलरको संज्ञा दिएको छ । मध्यम वर्गीय परिवारका मेस्सीले कसरी फुटबलको दुनियाँमा आफ्नो जरा कसरी गाडे ? यसको पनि आफ्नै कहानी छ । आज यसबारे जानकारी लिऔँ ।

लियोनेल मेस्सीका बुवा एक कारखानामा काम गर्दथे जबकी आमा सर–सफाईको काम गर्थिन् । यद्यपि, फुटबलको माहौल घरमा थियो किनभने उनका बुवा पनि एक क्लबलाई कोचिङ दिन्थे । यस्तोमा लियोनेल मेस्सी ५ वर्षको उमेरमा नै एक क्लबसँग आबद्ध भए जहाँ उनले यो खेलको निकै साधारण जानकारी सिके । ८ वर्षको उमेरमा मेस्सीले आफ्नो क्लब परिवर्तन गरे र न्युवेल ओल्ड बोयज क्लबसँग आबद्ध भए । तर केही समय पछि एउटा यस्तो घटना घट्यो जसले हर कोहीलाई चकित बनायो ।

११ वर्षको उमेरमा लियोनेल मेस्सीलाई एउटा रोग लागेको पत्ता लाग्यो जसको नाम ग्रोथ हर्मोन डिफिसिएन्सी थियो । यो रोगको असर मेस्सीमा हुन्थ्यो भने सायद विश्वका एक शानदार फुटबलसँग भेट हुँदैनथ्यो । यो रोग लागेका जो पनि व्यक्तिको विकास रोकिन्छ, ११ वर्षको उमेरमा मेस्सी यसको चपेटामा परेको भए उनी पुड्को हुन्थे । यसको उपचार गर्नका लागि उनको परिवारसँग त्यति पैसा पनि थिएन ।

यसैबीच लियोनेल मेस्सीको फुटबलरको रुपमा विकास जारी थियो । रिवर प्लेटले मेस्सीलाई आफूसँग राख्न चाह्यो तर उसले मेस्सीको औषधीको खर्च उठाउन सक्दैनथ्यो । यसैबीच मेस्सीको भाग्य बदलियो । फुटबल क्लब बार्सिलोन त्यतिबेला साना बच्चामाथि निगरानी राखिरहेको थियो जुन फुटबलमा कमाल गरिरहेका थिए । ट्यालेन्ट हन्ट अन्तर्गत साना शहर, स्कूल, कलेज र भिन्न भिन्न क्लबमा यस्तो गरिँदै थियो ।

बार्सिलोना फुटबल क्लबका स्पोर्टिङ डायरेक्टर कार्ल्स रेजेकलाई लियोनेल मेस्सीबारे थाहा भयो, क्लबले उनलाई साइन गरायो । साथै रोगको औषधी र उपचारको पूरा खर्च उठाउने कुरा पनि गर्यो । एउटै शर्त राखियो कि मेस्सी अर्जेन्टिना छोडेर बार्सिलोना सिफ्ट हुनुपर्ने थियो । परिवार यसमा राजी भयो र यसरी लियोनेल मेस्सीको व्यावसायिक फुटबल करियरको सुरुवात भयो ।

सन् २००१–२००२ को समय लियोनेल मेस्सी युरोपमा सेटल हुन, क्लब ट्रान्सफरको औपचारिकता पूरा गर्नमा नै बित्यो । तर उनी बार्सिलोना–बी टिममा छानिए । यतिबेला उनले लगभग हरेक खेलमा एउटा न एउटा गोल त गरे नै । यस्तोमा सिजनमा उनले ३० खेलमा कुल ३५ गोल हाने । १४ वर्षको उमेरमा लियोनेल मेस्सी यो टिमको हिस्सा रहे र अघि बढ्दै गए । मेस्सी साना लिगमा नाम कमाइरहेका थिए र दिन प्रतिदिन माझिँदै थिए ।

करिब १७ वर्षको उमेरमा लियोनेल मेस्सीले २००४–०५ मा बार्सिलोना क्लबका लागि आफ्नो डेब्यू गरे । उनी तेस्रो सबैभन्दा युवा खेलाडी बने जसले बार्सिलोनाका लागि फुटबल खेले । १ मे २००५ मा लियोनेल मेस्सीले सिनियर टिमका लागि आफ्नो पहिलो गोल हाने, २४ जूनमा लियोनेल मेस्सीले सिनियर प्लेयर बार्सिलोनासँग आफ्नो कन्ट्र्याक्ट साइन गरे र त्यसपछि जे भयो त्यो इतिहास हो ।

मेस्सी छन् त सम्भव छ...

आइतबार फ्रान्सलाई हराएर अर्जेन्टिनाले यदि विश्व कप जित्छ भने मेस्सीको नाम पेले र डिएगो म्याराडोना जस्ता दिग्गज खेलाडीको सूचीमा दर्ता हुनेछ । यो बहसमा पनि विराम लाग्नेछ कि म्याराडोना र मेस्सीमा को महान ? देशका लागि उपाधि जित्न नसकेको मेस्सीको हरेक घाउमा मलमपट्टी लाग्नेछ ।

सात पटक बलोन डिओर, ६ पटक युरोपियन गोल्डेन सुज (रेकर्ड), बार्सिलोनासँग रेकर्ड ३५ उपाधि, ला लिगामा ४७४ गोल, एक क्लब (बार्सिलोना) का लागि सर्वाधिक ६७२ गोल गरिसकेका मेस्सीलाई विश्व कप जित्न नसकेको कुराले सधैँ पोल्छ । उनलाई थाहा छ, यो उनका लागि अन्तिम मौका हो, त्यसैले यसलाई स्मरणयोग्य बनाउनका लागि उनले कुनै कसर बाँकी राख्न चाहँदैनन् ।

अर्जेन्टिनाले जब अन्तिम पटक सन् १९८६ मा विश्व कप जिते तब म्याराडोना देशका लागि भगवान बने । उनको वरिपरि पुग्न सक्ने मेस्सी मात्रै थिए तर विश्व कप जित्न नसकेका कारण उनको  महानतामाथि प्रश्न उठिरहे । औँला त्यतिबेला पनि उठ्याे जब सन् २०१४ मा फाइनलमा जर्मनीले अर्जेन्टिनालाई एक गोलले हराएको थियो । प्रश्न त्यतिबेला पनि उठे जब यो विश्व कपको पहिलो खेलमा नै साउदी अरबले मेस्सीको टिममाथि अप्रत्याशित जीत हासिल गर्यो ।

 


तर त्यो हारले अर्जेन्टिना र मेस्सीमा थप निखार ल्यायो भन्दा फरक पर्दैन । प्रत्येक खेलमा दुबैको प्रदर्शनमा निखार आयो र पछिल्लो उपविजेता क्रोएशियालाई एकतर्फी सेमिप्रतिस्पर्धामा हराएर ऊ यसपटक फाइनलमा पुग्यो । यो जीतका सूत्रधार पनि मेस्सी नै रहे जसले ३४ औँ मिनेटमा पेनाल्टीमाथि पहिलो गोल दागे र त्यसपछि जुलियन अल्वारेजको दुबै गोलमा सूत्रधारको भूमिका निभाए ।

विश्व कप र मेस्सी...

मेस्सीको विश्व कपको यात्रा सन् २००६ मा सुरु भयो र हालसम्म उनले सबैभन्दा धेरै २५ खेल खेलिसकेका छन् । विश्व कपको इतिहासमा अर्जेन्टिनाका लागि सर्वाधिक ११ गोल गरिसकेका छन् ।

रोसारियोमा सन् १९८७ मा एक फुटबल प्रेमी परिवारमा जन्मिएका मेस्सीले पहिलो पटक घरको आँगनमा आफ्ना भाइहरुसँग फुटबल खेल्दा कसैले पनि सोचेका थिएनन् कि एक दिन उनी विश्वका दिग्गज खेलाडी हुनेछन् । बार्सिलोनाका लागि लगभग सबै उपाधि जितिसकेका पेरिस सेन्ट जर्मेनका यी स्टार स्ट्राइकरले सन् २००४ मा बार्सिलोनासँग आफ्नो क्लब करियरको सुरुवात १७ वर्षको उमेरमा गरे । उनले २२ वर्षको उमेरमा पहिलो बलोन डिओर जिते । अगस्ट सन् २०२१ मा बार्सिलोनाबाट बिदा लिनुभन्दा अघि उनले क्लब फुटबलको लगभग सबै रेकर्ड आफ्नो नाम गरिसकेका थिए ।

मेस्सीले विश्व कपमा पदार्पण सन् २००६ मा जर्मनीमा सर्बिया र मोन्टेनिग्रोविरुद्ध  ग्रुप म्याचमार्फत् गरे । यो खेल हेर्नका लागि म्याराडोना पनि मैदानमा थिए । १८ वर्षका मेस्सी ७५ औँ मिनेटमा सब्स्टिच्युटको रुपमा मैदानमा उत्रिएका थिए ।

बेइजिङ ओलम्पिक सन् २००८ मा अर्जेन्टिनाले फुटबलको स्वर्ण पदक जित्दा सन् २०१० विश्व कपमा मेस्सीबाट अपेक्षा बढे । अर्जेन्टिनालाई क्वार्टर फाइनलमा जर्मनीले हरायो र पाँच खेलमा मेस्सीले एक गोल पनि गर्न सकेनन् । चार वर्षपछि ब्राजिलमा एक्लो दममा टिमलाई फाइनलमा पुर्याउने मेस्सीले आफ्नो आँसु रोक्न सकेनन् जब उनको टिम एक गोलले हार्यो ।

त्यसपछि सन् २०१८ मा रुसमा पहिलो नकआउट म्याचमा अर्जेन्टिनालाई फ्रान्सले ४–३ ले हरायो र तीनमध्ये दुई गोल मेस्सीको नाममा थियो । पछिल्लो चार वर्षमा यी खेलाडीले एउटै मात्र सपना देखे – विश्व कप जित्ने । क्वार्टर फाइनलमा पाएको जीतपछि मेस्सी आफैँले भनेका थिए, ‘डिएगोले आकाशबाट हामीलाई हेरिरहनुभएको छ र विश्व कप जित्नका लागि प्रेरित गरिरहेका छन् । अन्तिम खेलसम्म उहाँले यस्तै गरिरहनु हुनेछ भन्ने आशा छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप