शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

फाइनल सुरु भएसँगै मेस्सीले बनाउनेछन् नयाँ कीर्तिमान

आइतबार, ०३ पुस २०७९, २० : ११
आइतबार, ०३ पुस २०७९

कतारमा जारी विश्वकप २०२२ को फाइनल खेलमा अर्जेन्टिना र फ्रान्स भिड्दै छन् । आजको खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले खेल सुरुवात भएसँगै नयाँ कीर्तिमान बनाउनेछन् ।

आजको खेलमा मेस्सी विश्वकप प्रतियोगितामा सबैभन्दा बढी खेल खेल्ने खेलाडी बन्ने छन् । अघिल्लो खेलमा उनले जर्मनीका लोथर माथेयोसको सर्वाधिक २५ खेल खेल्ने कीर्तिमान बराबरी गरेका थिए । आजको खेलमा उनले सो कीर्तिमान उछिन्नेछन् ।

उता फ्रान्सका गोलकिपर ह्युगो लोरिस विश्वकपमा २० खेल खेल्ने पहिलो गोलकिपर बन्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप