बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ फ्रान्सको सुरुवाती एघार

आइतबार, ०३ पुस २०७९, २० : २३
आइतबार, ०३ पुस २०७९

विश्वकप २०२२ को फाइनल खेलअघि फ्रान्सको टोलीका कयौँ खेलाडी बिरामी परेका थिए । प्रशिक्षक डिडिएर डेस्च्याम्पका अनुसार खेलाडीहरूलाई फ्लुजस्तै लक्षण देखिएको थियो ।

सेमिफाइनलमा मोरक्कोलाई २–० ले पराजित गरेको फ्रान्सको टोलीमा दुईजना खेलाडी परिवर्तन गरिएको छ । लिभरपुलका सेन्टर हाफ इब्राहिम कोनाटेको स्थानमा डायोट उपामेकानो मैदानमा उत्रनेछन् भने एड्रियन राबियोको युसेफ फोफानाको स्थानमा सुरुवात गर्नेछन् ।

म्यानचेस्टर युनाइटेडका डिफेन्डर सुरुवात गर्न फिट रहेका छन् । फ्रान्सको सुरुवाती ११ मा ह्युगो लोरिस (कप्तान), जुलेस कुउन्डे, राफयल भरान,डायोट उपामेकानो, थियागो हर्नान्डेज, एड्रियन राबियो, औरेलियन टुअमानी, ओसमान डेम्बेले, एन्टोनी ग्रिजमान, किलियान एम्बाप्पे र ओलिभिए जिरु रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप