शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मर्स्याङदी गाउँपालिकामा कृषि र पशु विकासको लागि ९१ लाख

बुधबार, १९ पुस २०७४, ०९ : २०
बुधबार, १९ पुस २०७४

लमजुङ - मर्स्याङदी गाउँपालिका लमजुङले चालु आर्थिक वर्ष २०७४÷०७५ का लागि पशुतर्फ ५२ लाख पाँच हजार र कृषितर्फ ३९ लाख ६९ हजार रुपैयाँ बजेटसहितको कार्यक्रम बनाएको छ । स्थानीय तहमा कृषि र पशुसम्बन्धी बजेट हराइरहेका बेला गाउँपालिकाले भने ९१ लाख बजेट छुट्टाएको हो ।

कृषि र पशु विकासतर्फ विनियोजन गरिएको बजेट सदुपयोग गर्न वडास्तरमा र गाउँपालिका स्तरीय व्यवसायीक कृषक सञ्जाल गठन गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । 

व्यवसायीक कृषक नारायण तामाङको अध्यक्षतामा १३ सदस्यीय गाउँपालिका कृषक सञ्जाल गठन गरिएको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले जानकारी दिए । 

गाउँपालिकामा कृषि र पशुपालनका पकट क्षेत्र निर्धारण गर्नेगरि कार्यक्रम सञ्चालन गरिएको प्रमुख कार्यकारी अधिकृत बद्रीनाथ सापकोटाको भनाइ छ ।

पशु सेवा प्रसारमा १७ लाख ८४ हजार, पशु विकास सेवा कार्यक्रममा २६ लाख ५८ हजार, पशु आहारा सेवा कार्यक्रममा ७ लाख १८ हजार र पशु क्वारेन्टाइन तथा नियमन कार्यक्रममा ४५ हजार बजेट विनियोजन गरिएको छ । 

कार्यक्रमअन्र्तगत गोठखोर सुधार, सचेतनामुलक कार्यक्रम, मासु तथा दुधको आत्मनिर्भर कार्यक्रम, घाँस प्रवद्र्धन, भेडीगोठ तथा भैंसीगोठ सुधार, बंगुर तथा कुखुरा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने मस्र्याङ्दी गाउँपालिका पशु शाखाका प्रमुख पशु चिकित्सक नारायण कुसुमले जानकारी दिए ।

अनुदानका कार्यक्रम
यस्तै अण्डामा आत्मनिर्भर कार्यक्रम, घुम्ती भेडा तथा भैंसीगोठ सुधार कार्यक्रम, स्थानीय कुखुर प्रवद्र्धन कार्यक्रम, हिउँदे घाँस, चरन खर्कमा घाँस प्रवद्र्धन कार्यक्रम, पशु स्वास्थ्य तथा भेक्सिनेसनका कार्यक्रमहरु, आधुनिक तथा ब्यवसायीक पशुपालन, बंगुरपालन, कुखुरापालन, घाँसखेती जस्ता क्रियाकलापमा अनुदानका कार्यक्रम राखिएको कुसुमले रातोपाटीलाई जानकारी दिए ।

कृषि विकासतर्फ ३९ लाख ६९ हजार
कृषि विकासतर्फ ३९ लाख ६९ हजार रुपैयाँ बजेटको कार्यक्रम बनाइएको छ । मर्स्याङदी  गाउँपालिका कृषि शाखाका प्रमुख प्राविधिक सहायक बुद्धीबहादुर बानियाका अनुसार साना सिञ्चाईतर्फ २ लाख २३ हजार, मसलाबाली कार्यक्रममा ४ लाख ८ हजार, माटो परीक्षण सुधारतर्फ ९४ हजार, मत्स्य विकास कार्यक्रमतर्फ ५ लाख १२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

कृषि प्रसार कार्यक्रमतर्फ ५ लाख ९० हजार
कृषि प्रसार कार्यक्रमतर्फ ५ लाख ९० हजार, व्यवसायिक तरकारी खेतीतर्फ ५ लाख ५६ हजार, बाली विकासतर्फ १ लाख ८७ हजार, व्यवसायिक किट विकास कार्यक्रमतर्फ ५ लाख ५ हजार, फलफुल विकास कार्यक्रममा २ लाख ७२ हजार, प्राङ्गरिक कृषि प्रवद्र्धन कार्यक्रममा २ लाख ३४ हजार, बालि संरक्षण कार्यक्रममा १ लाख ७७ हजार र कृषि प्रसार टेवा कार्यक्रममा २ लाख ९ हजार रुपियाँ बजेट विनियोजन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप