शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिबेणी कपको उपाधि बेसीशहर यूथ सोसाईटीले उचाल्यो

बुधबार, १९ पुस २०७४, १९ : २१
बुधबार, १९ पुस २०७४

बेसीशहर – लमजुङ सदरमुकाम बेसीशहरमा संचालन गरिएको राष्ट्रब्यापी खुला फुटबल प्रतियोगिता एवं २६ औँ त्रिबेणी  कप २०७४ को उपाधि बेसीशहर यूथ सोसाइटीले हात पारेको छ ।

आयोजक त्रिबेणी युवाक्लब बेसीशहर र बेसीशहर यूथ सोसाईटी शेरा बीच भएको फाइनल खेल निर्धारीत समयमा गोलरहित बरबरी भएपछि ट्राईबेकरमा  २ का बिरुद्ध ३ गोल गरी आयोजक त्रिबेणी यूवा क्लबलाई हराउँदै  बेसीशहर यूथ सोसाईटि शेराले उपाधि हात पारेको हो । 

 आयोजक त्रिबेणी यूवा क्लबले भने उपबिजेतामा चित्त बुझाएको छ । उपाधिसँगै बेसीशहर यूथ सोसाईटीले नगद रु ३ लाख,त्रिबेणी कप,मेडल र प्रमाण पत्र हात पारेको छ । उपबिजेता आयोजक त्रिबेणी यूवा क्लब बेसीशहरले नगद रु १ लाख ५० हजार, मेडल र प्रमाण पत्र हात पारेको छ । बेसीशहर यूथ सोसाईटि शेराले यो भन्दा अगाडि २४ औँ त्रिबेणी कपको उपाधि पनि जितेको थियो । 

गर्तबर्ष रजत जयन्तिसँगै आयोजकले पुरस्बकार राशिमा पनि दोब्बर बृद्धि गरी नगद रु ३ लाख  प्रदान गर्दै आएको छ ।   प्रतियोगीतामा अन्नपुर्ण यूवा क्लब नाल्माले  अनुशाशित  समुहको उपाधि सहित नगद रु १० हजार र प्रमाण पत्र हात पारेको छ । 

त्यसैगरी सुन्दरबजार यूवा क्लब रातोका खेलाडी ईन्द्र पुरा,सामाना यूवा क्लब तुरतुरे तनहुँका सन्त बहादुर गुरुङ र रड्स फुटबल क्लब रामपुर चितवनका सावि गुरुङले सर्वाधिक गोलकर्ताको उपाधि पाएका छन् । उनीहरु तिनै जनाले खेल अबधिभर तिन÷तिन गोल गरेका थिए । 

 

सर्वाधिक गोलकर्ता तिनजनालाई नगद रु पाँच÷पाँच हजार रुपैयाँ र प्रमाण पत्र प्रदान गरीएको छ । त्यसैगरी बेसीशहर यूथ सोसाईटीका गोल रक्षक बिमल थापाले सर्वोत्कृष्ट गोल रक्षकको उपाधि जितेका छन् भने आयोजक त्रिबेणी युवा क्लबका गोल रक्षक आकाश रानाभाटले सर्वोत्कृष्ट खेलाडीको उपाधि सँगै नगद रु १५ हजार र प्रमाण पत्र हात पारेका छन् ।

 
त्यसैगरी सेमीफाइनल खेलका उपबिजेता सुन्दरबजार यूवा क्लब रातो र घनपोखरा यूवा क्लब घनपोखरालाई पनि नगद रु ५०÷५० हजार रुपैयाँ प्रदान गरीएको छ । त्रिबेणी रंगशाला सहजी खेल मैदानमा पौष १२ गतेबाट शुरु भएको प्रतियोगीतामा २३ ओट टिमले सहभागीता जनाएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप