वैदेशिक रोजगारीमा रहेकालाई ९ प्रतिशत ब्याजदरमा लगानी गर्ने अवसर
काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई ९ प्रतिशतको आकर्षक ब्याजदरमा सरकारी बण्डमा लगानी गर्ने अवसर आएको छ । सार्वजनिक ऋण व्यवस्थापनका कार्यालयले ५ वर्ष अवधिको वैदेशिक रोजगार बचत पत्र–२०८६ जारी गर्न लागेको हो ।
कूल १ अर्ब रुपैयाँ बराबरको रोजगार बचत पत्र जारी गर्न लागेको कार्यालयले वैशाख २३ गते बेलुकादेखि कार्यालयको वेबसाइटमा राखिने फर्ममा गएर आवेदन फारम भर्न सक्ने जनाएको छ । बचतपत्रमा अधिकतम ९ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ ।
हाल बैंक तथा वित्तीय संस्थाले निक्षेपमा ४ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिइरहेको अवस्था सरकारले ९ प्रतिशतको प्रस्ताव गरेको हो ।
बचत पत्र निष्कासन २०८१ वैशाख २३ गतेदेखि जेठ २२ गतेसम्म चल्नेछ । बचतपत्रको निष्कासन भने जेठ २९ गते हुनेछ ।
इच्छुक लगानीकर्ताले घटीमा १० हजार रुपैयाँदेखि बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी कूल निष्कासन रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण