१.३ अर्ब डलरको चिट्ठा जितेका क्यान्सरपीडित भन्छन्– कहिलेसम्म बाँच्छु, थाहा छैन
काठमाडौँ । अमेरिकामा एक प्रवासीले देशको इतिहासमै चौथो सर्वाधिक रकमको चिट्ठा जित्ने सौभाग्य पाएका छन् । लाओस मूलका चेङ्ग सैफानले १.३ अर्ब डलर रकमको ‘पावर बल लट्री’ जितेका हुन् ।
उनले उक्त चिट्ठा किनेपछि कयौँ रात उक्त रसिदलाई सिरानमुनि राखेर सुतेका थिए । अमेरिकाको ओरेगन राज्यको पोर्टल्याण्डमा बस्दै आएका सैफान भन्छन्, ‘मैले भगवानसँग मद्दतका लागि प्रार्थना गरेको थिएँ । मेरा सन्तान सानै छन्, म धेरै कमजोर छु र स्वास्थ्य पनि ठिक छैन ।’
उनले ७ अप्रिलमा प्रकाशित चिट्ठाको नतिजा हेरे र आफ्नो रसिदमा भएको नम्बरलाई मिलाए । उनलाई गत सोमबार चिट्ठाबापतको रकम दिइएको छ ।
उनले आफ्नी पत्नी र एक साथीको नामबाट चिट्ठाका २० भन्दा बढी टिकट लिएका थिए । तिनै टिकटमध्ये एउटा नम्बर भाग्यशाली बन्न पुग्यो । त्यसैले उनले कुल रकमको २० प्रतिशत पत्नीलाई र ५० प्रतिशत साथीलाई दिने निधो गरेका छन् ।
सैफान क्यान्सर पीडित हुन् । उनी विगत ८ वर्षदेखि किमोथेरापी गराउँदै आएका छन् ।
आफूले राख्ने २५ प्रतिशत रकमबाट उनी एउटा घर किन्ने र आफ्नो स्वास्थ्योपचार गर्ने योजनामा छन् । उनले पत्रकारहरूसँग भने, ‘मसँग यतिका पैसा खर्च गर्न कति समय छ भन्ने मलाई थाहा छैन । कहिलेसम्म बाँच्छु भन्ने पनि थाहा छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण