१.३ अर्ब डलरको चिट्ठा जितेका क्यान्सरपीडित भन्छन्– कहिलेसम्म बाँच्छु, थाहा छैन

काठमाडौँ । अमेरिकामा एक प्रवासीले देशको इतिहासमै चौथो सर्वाधिक रकमको चिट्ठा जित्ने सौभाग्य पाएका छन् । लाओस मूलका चेङ्ग सैफानले १.३ अर्ब डलर रकमको ‘पावर बल लट्री’ जितेका हुन् ।
उनले उक्त चिट्ठा किनेपछि कयौँ रात उक्त रसिदलाई सिरानमुनि राखेर सुतेका थिए । अमेरिकाको ओरेगन राज्यको पोर्टल्याण्डमा बस्दै आएका सैफान भन्छन्, ‘मैले भगवानसँग मद्दतका लागि प्रार्थना गरेको थिएँ । मेरा सन्तान सानै छन्, म धेरै कमजोर छु र स्वास्थ्य पनि ठिक छैन ।’
उनले ७ अप्रिलमा प्रकाशित चिट्ठाको नतिजा हेरे र आफ्नो रसिदमा भएको नम्बरलाई मिलाए । उनलाई गत सोमबार चिट्ठाबापतको रकम दिइएको छ ।
उनले आफ्नी पत्नी र एक साथीको नामबाट चिट्ठाका २० भन्दा बढी टिकट लिएका थिए । तिनै टिकटमध्ये एउटा नम्बर भाग्यशाली बन्न पुग्यो । त्यसैले उनले कुल रकमको २० प्रतिशत पत्नीलाई र ५० प्रतिशत साथीलाई दिने निधो गरेका छन् ।
सैफान क्यान्सर पीडित हुन् । उनी विगत ८ वर्षदेखि किमोथेरापी गराउँदै आएका छन् ।
आफूले राख्ने २५ प्रतिशत रकमबाट उनी एउटा घर किन्ने र आफ्नो स्वास्थ्योपचार गर्ने योजनामा छन् । उनले पत्रकारहरूसँग भने, ‘मसँग यतिका पैसा खर्च गर्न कति समय छ भन्ने मलाई थाहा छैन । कहिलेसम्म बाँच्छु भन्ने पनि थाहा छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनको प्रभाव : विद्यार्थीहरु निजीमा भर्ना हुन थालेपछि रोक्नलाई पाठ्यपुस्तक वितरण
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने