शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सुकीलाई थप ७ वर्ष जेल सजाय

शनिबार, १६ पुस २०७९, ०७ : २९
शनिबार, १६ पुस २०७९

म्यानमारको एक अदालतले अपदस्थ नागरिक नेतृ आङ सान सुकीलाई भ्रष्टाचारको अभियोगमा थप सात वर्षको जेल सजाय सुनाएको । नोवेल पुरस्कार विजेताको १८ महिना लामो सुनुवाइ समाप्त गर्दै अदालतले उक्त सजाय सुनाएको हो ।

सुकीलाई हेलिकोप्टर भाडामा लिने, खरिद गर्ने र मर्मतसम्भार गर्ने सम्बन्धमा भ्रष्टाचार गरेको अभियोगमा थप सात वर्ष जेल सुनाएको हो । उनका कार्यले राज्यलाई घाटा पुगेको अदालतले जनाएको छ । 

सुकीलाई सैन्य सरकारले सन् २०२१ को फेब्रुअरीदेखि नजरबन्दमा राखेको छ । गत साता मात्र संयुक्त राष्ट्रसंघले सुकीलाई रिहा गर्न आग्रह गरेको थियो । उनीमाथि १९ आरोप लागेको थियो । शुक्रबार अन्तिम ५ आरोपमा सजाय सुनाइएको थियो । सुकी लामो समय देखि घरमा नजरबन्दमा बिताएकी छन् ।

पत्रकारलाई अदालतको सुनुवाइमा उपस्थित हुन रोक लगाइएको छ भने सुकीका वकिलहरूलाई मिडियासँग बोल्न प्रतिबन्ध लगाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप