२८ औं राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता सुरु
मङ्गलबार, ०२ माघ २०७४, १८ : ३८
दाङ– २८ औ राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता दाङको तुलसीपुरमा मंगलबारदेखि सुरु भएको छ । खेलको उद्घाटन न्याय परिषदका सदस्य पदमप्रसाद वैदिकले रेफ्रीलाई फुटबल हस्तान्तरण गरेर सुरु गरेका हुन् ।
यसैबीच तुलसीपुरको अरनिको मैदानमा मंगलबार भएको पहिलो पुरुष फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफले विजयी सुरुवात गरेको छ । मध्यपश्चिमलाई शून्यका विरुद्ध एक गोलको अन्तरले पराजित गर्दै एपिएफले विजयी यात्रा सुरु गरेको हो ।
बुधबार पश्चिमाञ्चल पोखरा र नेपाल प्रहरीबीच दिउँसो १ बजे खेल हुँदैछ । अखिल नेपाल फुटबल संघको अयोजना तथा जिल्ला खेलकुद विकास समिति दाङको संयोजमा सुरु भएको फुटबल प्रतियोगिता माघ ६ गते सम्म सञ्चालन हुनेछ ।