शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गाजामा तत्काल युद्धविराम गर्न इजिप्ट र कुवेतको संयुक्त आग्रह

बिहीबार, २० वैशाख २०८१, ०९ : ४३
बिहीबार, २० वैशाख २०८१

इजिप्ट । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र कुवेतका अमिर शेख मिशाल अल–अहमद अल–जाबेर अल–सबाहले मङ्गलबार गाजा पट्टीमा तत्काल र दिगो युद्धविराम गर्न आग्रह गरेका छन् । इजिप्टको राजधानी कायरोमा भएको भेटवार्तामा दुवै नेताले प्यालेस्टिनी जनतालाई अतिक्रमित क्षेत्रमा सुरक्षित, पर्याप्त र दिगो मानवीय सहायता उपलब्ध गराउने र संयुक्त राष्ट्र सुरक्षा परिषद्का सम्बन्धित प्रस्तावहरू कार्यान्वयन गर्ने आवश्यकतामा जोड दिएका हुन् । 

दुवै नेताहरूले गाजापट्टी भित्र मानवीय सहायताको प्रवेशलाई सहज बनाउनको लागि संयुक्त राष्ट्र संयन्त्र स्थापना गर्न आह्वान गरे । इजरायली अभ्यासले द्वन्द्वलाई बिस्तार गर्ने र क्षेत्रको सुरक्षा र स्थायित्व र अन्तर्राष्ट्रिय सुरक्षा र शान्तिलाई खतरामा पार्ने भन्दै दुवै नेताले यस्तो कदमबाट निम्त्याउने गम्भीर मानवीय परिणामबारे चेतावनी दिए । 

दुवै नेताले प्यालेस्टिनी समस्याको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायले दुई–राज्यीय समाधान कार्यान्वयन गर्न र सन् १९६७ सिमानामा रहेको प्यालेस्टिनी राज्यलाई पूर्वी जेरुसेलमको राजधानी बनाएर आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिए ।

सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप