पोखराको बिजुली पसलमा आगलागी
बिहीबार, २० वैशाख २०८१, ०६ : ५५
पोखरा । पोखराको चाउथेस्थित एक बिजुली पसलको गोदाममा आगलागी भएको छ । बुधबार राति आगलागी हुँदा १ करोड हाराहारीको क्षति भएको छ ।
साङ्ग्रिला सप्लायर्स बिजुली पसलको गोदाममा आगलागी भएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी, सशस्त्र प्रहरीसँगै स्थानीय र दमकलले आगो नियन्त्रणमा लिएका छन् । आधा घण्टामा आगो नियन्त्रणमा आए पनि क्षति भने बढी भएको सञ्चालक ध्रुव मरासिनीको दाबी छ ।
प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको कास्की प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण