काठमाडौंमा फस्टाएको पिङ संस्कृति (फोटोफिचर)
काठमाडौं– काठमाडौंमा पिङ खेल्न त परै जाओस्, देख्न समेत मुस्किल पथ्र्यो । तर पछिल्ला केहि वर्षसता त्यसमा परिवर्तन आएको छ । काठमाडौं उपत्यकामा जताततै पिङ देख्न मात्र होइन, खेल्न समेत पाइन्छ । पिङ काठमाडौंमा संस्कृतिको रुपमा विकाश भइरहेको छ । धेरैजसो ठाँउहरुमा खेल्ने पिङमा बच्चा बच्ची युवाहरु धेरै झुम्मिरहेका भेटिन्छन् । राजधानी काठमाडौंमा अहिले पिङ खेल्न रहर लागे धेरै कुर्नु पर्दैन, सझिलै पाइन्छ । याे तिहारकाे बेला काठमाडौंका खुला चौर, नदि किनारा र रुखहरुमा समेत लिङ्गे पिङ हालिएको भेटिन्छ । शहर बाहिरका काँठ क्षेत्रमा अनि उपत्यका वरपरका डाँडाहरुमा मनग्गे पिङ भेटिन्छ । शहरका सामाजिक संस्था र क्वलहरुले पैसा जोहो गरेर लिङ्गे पिङ हाल्छन् । कतै कतै नेपाली सेना,शसस्त्र प्रहरीले समेत पिङ हालिदिएका भेट्न सकिन्छ । आफ्ना साना–साना नानीहरुको रहर मेटाउन पाको पुस्ता समेत पिङ संस्कृति जोगाउन मद्दत गरिरहेका छन् । तर काठमाडौंमा अहिले पहिलेजस्तो मनग्गे लिङ्गोको लागि बाँस र डोरीको लागि बाबियो पाउन मुस्किल छ । डोरी बाट्ने विकल्पको रुपमा बजारमा रेडिमेट जुटको मोटा डोरी किन्न पाइन्छ भने बाँस शहर वरपरका गाँउबाट ल्याइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण