शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चीन र भारतमा कोरोना संक्रमण बढेपछि झुलाघाट नाकामा कडाइ

सोमबार, १८ पुस २०७९, १६ : ०१
सोमबार, १८ पुस २०७९

कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा कडाइ गरिएको छ । छिमेकी देश चीन र भारतमा कोरोना सङ्क्रमण फेरि देखिन थालेपछि नाकामा कडाइ गरिएको हो ।  

झुलाघाटमा ‘हेल्थ डेस्क’ स्थापना गरेर भारतबाट फर्किरहेका नागरिकमा कोरोना परीक्षणको काम भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, “झुलाघाट नाकाबाट स्वदेश फर्कने नागरिकको सीमामै कोरोना परीक्षण गर्ने गरेका छौँ, स्वदेश फर्किने नागरिकले उनीहरुले खोप पाए÷नपाएका बारे यकिन गर्ने काम पनि भइरहेको छ ।”

भारतबाट स्वदेश फर्कने नागरिकले खोप नलगाएको भएमा सीमा नाकामै कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्ने तयारी गरिएको जनाइएको छ । उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले पनि आग्रह गरेको छ ।

कोरोनाको जोखिम कम गर्न भौतिक दूरी व्यवस्थापन गर्नुपर्ने, भीडभाड भएका ठाउँमा नजान र जानै परे स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ ।  यसका साथै यसअघि लगाउन छुटेका सबैलाई खोप लगाउन प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप