सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने

मङ्गलबार, २६ पुस २०७९, १६ : १६
मङ्गलबार, २६ पुस २०७९

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयर लगानीकर्ताहरूलाई ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट लगानीकर्तालाई उक्त लाभांश वितरण गर्ने भएको हो ।

लघुवित्तको आज बसेको सञ्चालक समितिले ४७.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ ।

लघुवित्तले गत आर्थिक वर्ष पनि यही बराबरको लाभांश वितरण गरेको थियो । कम्पनीले ४७.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप