रोहित नायक बन्दा विश्वकपमा भारतको विजयी सुरुवात
न्युयोर्क । टी–२० विश्वकपमा समूह ए अन्तरगतको खेलमा भारतले आयरल्याण्डलाई सजिलै हराएको छ । आयरल्याण्डले प्रस्तुत गरेको ९७ रनको लक्ष्य भारतले १२.२ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्याएको हो ।
भारतका लागि कप्तान रोहित शर्मा नायक बने । रिटायर्ड हर्ट हुनअघि उनले ३७ बलमा ५२ रन जोडे । उनले यसक्रममा ४ चौका र ३ छक्का हिर्काए ।
उनलाई ऋषभ पन्तले राम्रो साथ दिए । पन्तले २६ बलमा ३६ रन बनाएर टोलीलाई लक्ष्यमा पुर्याए । उनले ३ चौका र २ छक्का हिर्काए ।

सूर्यकुमार यादवले भने मात्र २ रन बनाएर पभिलियन फर्किएका थिए । विराट कोहली पनि सुरुवातमा नै १ रन बनाएर आउट भएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड ९६ रनमा सीमित बनेको थियो । भारतीय बलसामु नतमस्तक बन्दा आयरल्याण्ड १६ ओभरमा अलआउट बन्यो ।

आयरल्याण्डका लागि गेराथ डेलानीले १४ बलमा २६ रनको योगदान दिए । उनले २ चौका र २ छक्का हिर्काए ।
जोस लिटलले १३ बलमा १४ रनको योगदान दिए । उनले यसक्रममा दुई चौका प्रहार गरे । कर्टिस क्याम्फरले ८ बलमा १२ रन बनाए भने लोरकान टकरले १३ बलमा १० रन जोडे ।
भारतका लागि हार्दिङ पाण्ड्याले ३ विकेट लिए भने अर्शदीप सिंह र जसप्रित बुमराहले २–२ विकेट लिए । मोहम्मद सिराज र अक्षर पटेलले एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण