रोहित नायक बन्दा विश्वकपमा भारतको विजयी सुरुवात

न्युयोर्क । टी–२० विश्वकपमा समूह ए अन्तरगतको खेलमा भारतले आयरल्याण्डलाई सजिलै हराएको छ । आयरल्याण्डले प्रस्तुत गरेको ९७ रनको लक्ष्य भारतले १२.२ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्याएको हो ।
भारतका लागि कप्तान रोहित शर्मा नायक बने । रिटायर्ड हर्ट हुनअघि उनले ३७ बलमा ५२ रन जोडे । उनले यसक्रममा ४ चौका र ३ छक्का हिर्काए ।
उनलाई ऋषभ पन्तले राम्रो साथ दिए । पन्तले २६ बलमा ३६ रन बनाएर टोलीलाई लक्ष्यमा पुर्याए । उनले ३ चौका र २ छक्का हिर्काए ।
सूर्यकुमार यादवले भने मात्र २ रन बनाएर पभिलियन फर्किएका थिए । विराट कोहली पनि सुरुवातमा नै १ रन बनाएर आउट भएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड ९६ रनमा सीमित बनेको थियो । भारतीय बलसामु नतमस्तक बन्दा आयरल्याण्ड १६ ओभरमा अलआउट बन्यो ।
आयरल्याण्डका लागि गेराथ डेलानीले १४ बलमा २६ रनको योगदान दिए । उनले २ चौका र २ छक्का हिर्काए ।
जोस लिटलले १३ बलमा १४ रनको योगदान दिए । उनले यसक्रममा दुई चौका प्रहार गरे । कर्टिस क्याम्फरले ८ बलमा १२ रन बनाए भने लोरकान टकरले १३ बलमा १० रन जोडे ।
भारतका लागि हार्दिङ पाण्ड्याले ३ विकेट लिए भने अर्शदीप सिंह र जसप्रित बुमराहले २–२ विकेट लिए । मोहम्मद सिराज र अक्षर पटेलले एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँफिकोटका प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
सुजित केसीलाई रिहा गर्न सर्वोच्चको आदेश
-
गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारको नियन्त्रणमा
-
गृह मन्त्रालयका सहसचिव अख्तियारको नियन्त्रणमा
-
कांग्रेसले साउनदेखि नयाँ क्रियाशील सदस्यता बाँड्ने
-
विद्यालय कर्मचारी परिषद्ले गर्यो आन्दोलन स्थगित