सातदोबाटोस्थित पौडी पोखरीमा पौडी खेल्न गएका युवकको मृत्यु
आइतबार, २७ जेठ २०८१, २१ : १६
काठमाडौँ । ललितपुरको सातदोबाटोस्थित पौडी पोखरीमा पौडी खेल्न गएका युवकको डुबेर मृत्यु भएको छ । राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा पौडी खेल्ने क्रममा अचेत भएका २३ वर्षीय उज्ज्वल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
पौडी पोखरीमा अचेत भएपछि उनलाई उपचारको लागी बी एण्ड बि अस्पतालमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । श्रेष्ठ ललितपुरको महांकाल गाउँपालिका–३ का स्थानीय हुन् । उनी ललितपुर स्थित बाफलमा बस्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण