नेपाल बैंकबाट कर्जा लिएकाहरूलाई ब्याज छुट सुविधा
आइतबार, ०२ असार २०८१, २० : ५४
काठमाडौँ । नेपाल बैंक लिमिटेडले बैंकबाट कर्जा लिएका ग्राहकहरूका लागि छुट सुविधा ल्याएको छ ।
बैंकले कर्जा उपभोग गरी बि.सं.२०७५ साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ रु. ५० लाख सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरेको हो ।
साथै २०७६ साल वैशाखदेखि हालसम्मका कर्जा ग्राहकहरूले कर्जाको बुझाउनुपर्ने सम्पूर्ण सावाँ, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा पेनाल ब्याज र ब्याजको ब्याजमा सम्पूर्ण छुट दिई साधारण ब्याज रकममा समेत ५ प्रतिशत छुट दिने विशेष व्यवस्था गरिएको बैंकले जनाएको छ ।
यो ब्याज छुट योजना वि.सं. २०८१ आषाढ मसान्तसम्म मात्र लागु हुनेछ । यसमा शर्त तथा बन्देजहरू लागु हुने बैंकले स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण