बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सिरहामा हत्या गरेको अवस्थामा भेटिएकी युवतीको सनाखत भएन

आइतबार, ०२ असार २०८१, २१ : २४
आइतबार, ०२ असार २०८१

काठमाडौँ । सिरहाको बरियारपट्टि गाउँपालिका–३ स्थित शिवनगरमा मृत अवस्थामा भेटिएकी युवतिको सनाखत भएको छैन । आइतबार निर्भय यादवको सिसौ घारीमा करिब २५ वर्षीय युवती मृत भेटिएकी थिइन् ।

उनको धारिलो हतियार प्रहार गरेर हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर दीपक कुमार सिंहले जानकारी दिए । हुलिया पहिचानका गर्न सहजताका लागी प्रहरीले मृतकको तस्बिर सार्वजनिक गरेको छ । शव पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल सिरहामा राखिएको छ ।

मृतकले पहेँलो रंगको कुर्ता सरुवाल लगाएको, खरानी रंगको सल ओढेको र म्याजिक ब्राण्डको गुलाबी रंगको ४ नम्बरको चप्पल लगाएको प्रहरीले जनाएको छ । मृतकको औंलामा भेटिएको औँठीमा ‘सी प्लस एस’ लेखिएको छ । पेटको भागदेखी बायाँ तिघ्रामा जलेको पुरानो खत छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप