ग्रामथान गाउँपालिका अध्यक्षको निधन
सोमबार, ०३ असार २०८१, १५ : २१
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ । चार महिनाअघि भएको राष्ट्रियसभा निर्वाचनका लागि विराटनगर आएका उनी १० माघमा ब्रेन ह्यामरेज भएर थलिएका थिए ।
अध्यक्ष गच्छदारको सोमबार दिउँसो निधन भएको नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले बताए । स्थानीय तह निर्वाचनमा उनी कांग्रेसबाट अध्यक्षमा निर्वाचित भएका थिए ।
माझीका अनुसार गच्छदारको मंगलबार अन्तिम संस्कार गरिनेछ ।
अध्यक्ष बिरामी भएपछि चार महिनायता उपाध्यक्ष गुणवतीदेवी थारुले कार्यवाहक अध्यक्षको रूपमा काम गरिरहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण