बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

लुम्बिनी र सुदूरपश्चिम प्रदेश प्रमुखबिच भेट

आइतबार, ०२ असार २०८१, १९ : ००
आइतबार, ०२ असार २०८१

बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र  सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँबिच भेट भएको छ । आइतबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा उनीहरूबिच शिष्टाचार भेट भएको हो । 

सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त भएपछि पहिलोपटक लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा आएका मियाँलाई शेरचनले खादा लगाएर स्वागत गरेका हुन् । सो अवसरमा सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले लुम्बिनी प्रदेश प्रमुखको स्वास्थ्य स्थितिबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका थिए ।

दुवै प्रदेश प्रमुखबिच प्रदेश प्रमुखको कार्यालय सञ्चालनका बारेमा अनुभव आदानप्रदान भएको छ । शेरचनले प्रदेश सञ्चालन गर्न प्रदेश सरकारले नै आवश्यक जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औँलाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप