दार्जिलिङको रेल दुघर्टनमा मर्नेको सङ्ख्या १५ पुग्यो
सोमबार, ०३ असार २०८१, १३ : ३७
दार्जलिङ । भारतको पश्चिम बंगालको दार्जिलिङमा रोकिएको रेलमा मालगाडी ठोक्किदा भएको दुर्घटनामा मर्नेको सङ्ख्या १५ पुगेको छ ।
प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई)का अनुसार सो घटनामा १५ जनाको मृत्यु भइसकेको छ । सो घटनामा अरू ६० जना घाइते भएको पीटीआईले बताएको छ । पीटीआईको यो आँकडा आधिकारीहरूले उपलब्ध गराएको भन्दा बढी हो ।
सिलदह जाँदै गरेको कञ्चनजंगा एक्सप्रेसको सो रेल सोमबार रोकिरहेको अवस्थामा माल बाहक रेलले ठक्कर दिएको थियो । घटनापछि उद्धार कार्य तीव्र गतिमा अगाडि बढिरहेको रेलमन्त्री अश्वनी वैष्णव र पश्चिम बंगालकी मुख्य मन्त्री ममता बनर्जीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण