मधेश प्रदेशमा कृषि विद्युतीकरण कार्य अगाडि बढाउन छलफल
गोदार । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशका आठवटै जिल्लामा कृषि विद्युतीकरणको काम अगाडि बढाउन छलफल सुरु गरेका छन् ।
उनले आज नेपाल विद्युत् प्राधिकरणका मधेस प्रदेश प्रमुख मोनिन्द्र ठाकुरलगायतसँग यस विषयमा छलफल गरेका हुन् । किसानलाई सिँचाइको सुविधा सहज बनाउन खेतमा विद्युत् पुर्याउने लक्ष्यअनुरुप मुख्यमन्त्री सिंहले छलफल अगाडि बढाएको उनको निजी सचिवालयले जनाएको छ ।
प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा पनि कृषि विद्युतीकरणलाई प्रदेशको गौरवको परियोजनाको रूपमा समावेश गरिएको छ । आठवटै जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा विद्युतीकरणका लागि रु एक करोड विनियोजन गरिएका बारे मुख्यमन्त्रीले जानकारीसमेत गराउनुभएको विद्युत् प्राधिकरणका मधेस प्रदेश प्रमुख ठाकुरले बताए ।
उनले भने, “मुख्यमन्त्रीले किसानका लागि कृषि विद्युतीकरणको कार्य कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा राय लिनुभयो । पुराना अव्यवस्थित तार र संरचनालाई व्यवस्थापन गर्न पनि ध्यानाकर्षण गराउनुभएको छ ।”
यसैगरी बिजुली बत्ती नपुगेका विपन्न बस्तीको तथ्याङ्क सङ्कलन गरी त्यहाँ विद्युत् पुगाउने विषयमा पनि छलफल भएको थियो । मुख्यमन्त्री सिंहले यहाँका विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराउन राखेको प्रस्तावमा प्राधिकरण सकारात्मक भएको प्रमुख ठाकुरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण