बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु

सोमबार, ०३ असार २०८१, १२ : २५
सोमबार, ०३ असार २०८१

पाल्पा । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका ३ स्थित डाँडागाउँका ५६ वर्षीय विमलप्रसाद पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको  छ।

आइतबार साँझ आफ्नै घरमा बसिरहेको अवस्थामा पन्थलाई चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएका उनको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप