इनार सफा गर्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु
सोमबार, ०३ असार २०८१, १९ : ०३
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा इनार सफा गर्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दैलेखको चामुण्डा घर भई वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा बस्ने ३२ वर्षीय विद्यु प्रसाद रेग्मी र सोही ठाउँका ३१ वर्षीय लक्ष्मी प्रसाद कँडेल रहेका छन् ।
सोमबार पिपराका तोर्ण विकको घरको इनार सफा गर्ने क्रममा निसास्सिएर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माका अनुसार अक्सिजनको अभाव भएपछि बेहोस भएका उनीहरूलाई प्रदेश अस्पताल कालागाउँ पुर्याइएको थियो । चिकित्सकले उनीहरूको मृत्यु भएको घोषणा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोप डढेलोको चपेटामाः स्पेन र फ्रान्समा हजारौँ मानिसलाई सुरक्षित स्थानमा जान आदेश
-
अभियन्ता वेदिका केसीलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिँदै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण