बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

इनार सफा गर्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

सोमबार, ०३ असार २०८१, १९ : ०३
सोमबार, ०३ असार २०८१

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा इनार सफा गर्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु‌ हुनेमा दैलेखको चामुण्डा घर भई वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा बस्ने ३२ वर्षीय विद्यु प्रसाद रेग्मी र सोही ठाउँका ३१ वर्षीय लक्ष्मी प्रसाद कँडेल रहेका छन् ।

सोमबार पिपराका तोर्ण विकको घरको इनार सफा गर्ने क्रममा निसास्सिएर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माका अनुसार अक्सिजनको अभाव भएपछि बेहोस भएका उनीहरूलाई प्रदेश अस्पताल कालागाउँ पुर्‍याइएको थियो । चिकित्सकले उनीहरूको मृत्यु भएको घोषणा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप