तेजस्वी र करणको ब्रेकअप !

मुम्बई । रियालिटी शो ‘बिग बोस १५’बाट नजिकिएका अभिनेत्री तेजस्वी प्रकाश र अभिनेता करण कुन्द्रा टेलिभिजन उद्योगमा रुचाइएका जोडीमा पर्छन् ।
समय समयमा उनीहरूको ब्रेकअप भएको खबर आइरहन्छ । त्यसलाई उनका फ्यानहरूले खासै गम्भीर रूपमा लिँदैनन् । तर यसपटक भने उनीहरूको ब्रेकअपको खबरले निकै चर्चा पाएको छ ।
हालैमात्र करणको ट्वीटरमा एक भिडियो पोस्ट भएको छ । जहाँ तेजस्वी र करणको ब्रेकअप हुने कारण बताइएको छ । ‘प्रोडक्सन हाउसको निकट एक कर्मचारीका अनुसार तेजस्वी र करणबिच निकै तनाव छ ।
उनीहरूबिच ब्रेकअप हुने धेरै कारण छन् । करण र तेजस्वीको व्यक्तित्वमा धेरै समस्या छ । उनीहरू एकअर्काप्रति असुरक्षित महसुस गरिरहेका छन् । करण महिला साथीहरूसँग नजिकिएको तेजस्वी मन पराउँदिनन् । दुवैको फ्यान फलोइङ धेरै छन् ।
त्यसकारण उनीहरू आफूहरूको ब्रेकअपको बारेमा केही बताउन चाहिरहेका छैनन् । उनीहरू आफूहरू ट्रोलिङमा नपर्न र कैयौँ व्यावसायिक सम्झौता नटुटोस् भनेर ब्रेकअपको खबर लुकाइरहेका छन्’, भिडियोको क्याप्सनमा लेखिएको छ ।
करण र तेजस्वीको ब्रेकअपको खबर सार्वजनिक भएपछि फ्यानहरूले आ–आफ्नो प्रतिक्रिया दिइरहेका छन् । ‘यो चिनियाँ माल जस्तै हो, चल्नै सक्दैन’, एक प्रयोगकर्ताले लेखेका छन् । अर्काले तेजस्वीले करण भन्दा अझ राम्रो प्रेमी पाउने लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रम : निजी क्षेत्र प्रोत्साहन, जेन जी पुस्ता प्राथमिकता, कृषिमा आत्मनिर्भर बन्ने योजना
-
भारतको निरञ्जनी अखडाका प्रमुख स्वामी गिरी चार दिनदेखि नेपालमा
-
सरकारको नीति तथा कार्यक्रम : कुन मन्त्रालयलाई कति प्राथमिकता ?
-
निजी क्षेत्रको प्रतिक्रिया : ‘नीति तथा कार्यक्रम सकारात्मक, कार्यान्वयनमा जोड दिनुपर्छ’
-
किट विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत्युबारे परराष्ट्र मन्त्रालयले के भन्यो ?
-
प्रधानमन्त्री र अजरबैजानका उपविदेशमन्त्रीबिच शिष्टाचार भेटवार्ता