तेजस्वी र करणको ब्रेकअप !
मुम्बई । रियालिटी शो ‘बिग बोस १५’बाट नजिकिएका अभिनेत्री तेजस्वी प्रकाश र अभिनेता करण कुन्द्रा टेलिभिजन उद्योगमा रुचाइएका जोडीमा पर्छन् ।
समय समयमा उनीहरूको ब्रेकअप भएको खबर आइरहन्छ । त्यसलाई उनका फ्यानहरूले खासै गम्भीर रूपमा लिँदैनन् । तर यसपटक भने उनीहरूको ब्रेकअपको खबरले निकै चर्चा पाएको छ ।
हालैमात्र करणको ट्वीटरमा एक भिडियो पोस्ट भएको छ । जहाँ तेजस्वी र करणको ब्रेकअप हुने कारण बताइएको छ । ‘प्रोडक्सन हाउसको निकट एक कर्मचारीका अनुसार तेजस्वी र करणबिच निकै तनाव छ ।
उनीहरूबिच ब्रेकअप हुने धेरै कारण छन् । करण र तेजस्वीको व्यक्तित्वमा धेरै समस्या छ । उनीहरू एकअर्काप्रति असुरक्षित महसुस गरिरहेका छन् । करण महिला साथीहरूसँग नजिकिएको तेजस्वी मन पराउँदिनन् । दुवैको फ्यान फलोइङ धेरै छन् ।
त्यसकारण उनीहरू आफूहरूको ब्रेकअपको बारेमा केही बताउन चाहिरहेका छैनन् । उनीहरू आफूहरू ट्रोलिङमा नपर्न र कैयौँ व्यावसायिक सम्झौता नटुटोस् भनेर ब्रेकअपको खबर लुकाइरहेका छन्’, भिडियोको क्याप्सनमा लेखिएको छ ।
करण र तेजस्वीको ब्रेकअपको खबर सार्वजनिक भएपछि फ्यानहरूले आ–आफ्नो प्रतिक्रिया दिइरहेका छन् । ‘यो चिनियाँ माल जस्तै हो, चल्नै सक्दैन’, एक प्रयोगकर्ताले लेखेका छन् । अर्काले तेजस्वीले करण भन्दा अझ राम्रो प्रेमी पाउने लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण