गंगा दशहराका अवसरमा बेहडाबाबा मन्दिरमा दर्शनार्थीको घुइँचो
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित बेहडाबाबा मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । जेठ शुक्ल पक्ष दशमी तिथिमा यो मनिदरमा गंगा दशहरा पूजा तथा मेला लाग्ने गर्दछ ।
बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिका अध्यक्ष पदमराज जोशीका अनुसार असार २ देखि ५ गतेसम्म मेला लाग्नेछ । आइतबार मेलाको पहिलो दिन ३ लाखभन्दा बढी दर्शनार्थी आएको जोशीले बताए ।
बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिले दर्शनार्थी, आगन्तुक एवं धार्मिक पर्यटकलाई लक्षित गरी सतर्कता बढाएको छ । समितिका अध्यक्ष जोशीले मन्दिर तथा मेलाको सुरक्षाका लागि सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरिनुको साथै स्वयंसेवक समेत परिचालन गरिएको जानकारी दिए ।
मेलामा खानेपानीको व्यवस्था गरिनुको साथै शौचालय, बस व्यवसायीहरूको सहकार्यमा धनगढीदेखि मन्दिरसम्म बस सञ्चालन गरिएको छ ।
यसैबिच धनगढी उपमहानगरपालिकाले आइतबार गंगा दशहरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । मन्दिर क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्दै लैजाने उद्देश्य रहेकाले स्थानीय बिदाको रूपमा आइतबार सार्वजनिक बिदा दिइएको उपमहानगरपालिकाले जनाएको छ ।
बेहडाबाबा मन्दिर सुदूरपश्चिमको मात्रै नभइ मुलुककै बहुचर्चित धार्मिक आस्थाको केन्द्र मानिन्छ । यो मन्दिरमा विभिन्न मनोकांक्षा लिएर भक्तजन आउने गर्दछन् ।
बेहडाबाबा मन्दिर कैलाली सदरमुकाम धनगढी बजारस्थित क्याम्पस चोकबाट करिब १० किलोमिटर पूर्व र पूर्व–पश्चिम महेन्द्र राजमार्गको चौमाला बजारबाट करिब ६ किलोमिटर दक्षिणमा अवस्थित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुविवाह मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ
-
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
-
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
-
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
-
रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा
-
महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्न सभापति लामिछानेको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण