शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

बुधबार, २७ पुस २०७९, १८ : ०३
बुधबार, २७ पुस २०७९

काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले रावललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख जोशीले रावललाई नेपालको संविधानको धारा १६८ २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । यसअघि रावलले एमालेसहित माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

सुदूरपश्चिममा नेपाली कांग्रेसका १९, माओवादीका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप