भारतीय शेयर बजारमा एकै झट्कामा लगानीकर्ताले गुमाए ३० खर्ब भारु
नयाँ दिल्ली । शुक्रवार भारतीय शेयर बजारमा व्यापक गिरावट देखिएको छ । शुरुआती कारोबारमा शेयर बजारमा शानदार वृद्धि देखिएको थियो । तर सूचकमा अचानक यू–टर्न देखियो । मुख्य शेयर परिसूचक बीएसई सेन्सेक्स शुक्रबारको उच्च बिन्दुबाट २ प्रतिशत अर्थात् १ हजार ४३४ अङ्कले घट्यो ।
अर्को मुख्य परिसूचक निफ्टी पनि उक्त दिन अहिलेसम्मकै उच्च स्तरबाट १ दशमलव ४ प्रतिशत अर्थात् ४०० अङ्कले घटेको थियो । दिउँसो १ बजे निफ्टी २५० अङ्कले घटेर २२ हजार ४०० मा आएको थियो । सोही समयमा सेन्सेक्स पनि ९१६ अंकको कमीसहित ७३ हजार ६९५ अंकमा थियो । बीएसईमा सूचिकृत कम्पनीको बजार पुँजीकरण ३० खर्ब भारुले घटेर ४ हजार ५८ खर्ब ३० अर्ब भारुमा आयो ।
शुक्रवार बिहान अचानक शेयर बजारमा भएको वृद्धिपछि लगानीकर्ताहरूले मुनाफा कमाउन आफूसँग भएको शेयर धमाधम बेच्न थालेपछि बजार दबाबमा आएको हो । विदेशी संस्थागत लगानीकर्ताहरूले भारतीय शेयरमा गरेको ९ अर्ब ६३ करोड भारु लगानी फिर्ता लैजाँदा पनि बजार दबाबमा आएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण