अस्पतालमा भर्ना भइन् हास्य कलाकार भारती सिंह
नयाँ दिल्ली । भारतीय कमेडी शो कपिल शर्मा शोकी चर्चित कमेडियन भारती सिंह बिरामी भएकी छिन् । पेट दुख्न थालेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । चिकित्सकले उनलाई तत्कालै शल्यक्रिया गर्न सल्लाह दिएका थिए ।
तीन दिनदेखि सिंहको पेट दुखिरहेको थियो । तर उनले दुखाईलाई बेवास्ता गरिन् । दुखाई घट्नुको सट्टा झन झन बढेपछि उनलाई अस्पताल लगियो । परीक्षणका क्रममा पित्तथैलीमा पत्थरी रहेको थाहा भयो । यसकै कारण पेट दुखिरहेको थियो । डाक्टरहरूले उनको शल्यक्रिया गरेका छन् । अहिले उनको अवस्था ठिक रहेको बताइएको छ ।
अस्पतालबाट भारतीले आफ्नो ब्लगमा यसबारे जानकारी दिएकी थिइन् । ‘यस्तो भिडियो सेयर त गर्नुहुँदैन, तर गरिरहेकी छुँ । पेट दुख्न थालेपछि अस्पताल आएको थिएँ शल्यक्रिया गर्नुपर्याे । अहिले म एकदम ठिक छु र म छोरा गोल्लालाई मिस गरिरहेको छुँ,’ भारतीले ब्लगमा भनेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
-
अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी
-
पातेटाकुरा खोलाको पुल निर्माण सम्पन्न
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण