बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिमकी उपसभामुख चौधरीले लिइन् शपथ

बुधबार, ०४ माघ २०७९, ११ : ४१
बुधबार, ०४ माघ २०७९

धनगढी । सुदूरपश्चिम प्रदेशसभाकी उपसभामुख कोइलीदेवी चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् । प्रदेश प्रमुख देवराज जोशीको उपस्थितिमा सभामुख भीम भण्डारीद्वारा उपसभामुख चौधरीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन् । उपसभामुखको लागि मंगलबार भएको निर्वाचनमा चौधरी निर्वाचित भएकी थिइन् । सत्ता साझेदार दल नेकपा एमालेबाट उम्मेदवारी दिएकी उनलाई ५३ जना प्रदेश सभा सदस्यमध्ये २८ जना मत दिएका थिए । 

चौधरीलाई नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ जना प्रदेशसभा सदस्यले मत दिएका थिए । उपसभामुखको अर्को उम्मेदवार नेकपा एकीकृत समाजवादी माया पन्तले २३ मत पाएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप