आइतबार, ०९ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्खुवासभामा प्रदेशस्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने

बिहीबार, १२ माघ २०७९, २२ : ५०
बिहीबार, १२ माघ २०७९

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारीमा प्रदेश नं १ स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सदरमुकाम खाँदबारीमा माघ १८ देखि २१ गतेसम्म प्रदेश नं १ स्तरीय तेस्रो रेजिना रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हो । 

आयोजक सूर्य आवसीय माध्यमिक विद्यालयले खाँदबारीमा आज पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । भलिबल प्रतियोगितामा आयोजकसहित प्रदेश १ का १४ जिल्लाका १५  टिमको सहभागिता रहने आयोजक सूर्य बोर्डिङ स्कुलले जनाएको छ । 

प्रतियोगिताको विजेताले रु एक लाख ११ हजार एक सय ११, दुई सय तोला चाँदीको ट्रफी, उपविजेताले रु ५५ हजार, तेस्रो हुने टिमले रु ३३ हजार र सान्तवना हुने टिमले रु ११ हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता आयोजक समितिका अध्यक्ष तीर्थ पन्तले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप